नेपाललाई अमेरिकाविरुद्ध तेस्रो सफलता

हिमाल प्रेस ९ कार्तिक २०८२ १३:४७
4
SHARES
नेपाललाई अमेरिकाविरुद्ध तेस्रो सफलता

काठमाडौँ- संयुक्त अरब इमिरेट्स (यूएई) मा जारी आईसीसी क्रिकेट विश्व कप लिग–२ अन्तर्गतको आइतबार जारी अमेरिकाविरुद्धको खेलमा नेपालले तेस्रो सफलता हात पारेको छ ।अमेरिकाले तेस्रो विकेटका रूपमा ओपनर ब्याट्सम्यान समित पटेललाई गुमाएको हो । विकेटकिपर ब्याट्सम्यान समित ७५ रन बनाउँदै आउट भए ।

एक सय बलमा नौ चौका प्रहार गरेका उनी रन आउट भई पेभेलियन फर्किएका हुन् । ३३औं ओभरको पाँचौँ बलमा समित आउट हुँदा अमेरिकाले एक सय ४३ रन बनाएको छ ।

त्यसअघि, आरिफ शेखले अमेरिकाको दोस्रो विकेट लिएका थिए । आरिफ शेखले अमेरिकी टोलीका कप्तान मोनांक पटेललाई एलबीडब्लूको धरापमा पारेका थिए । उनले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा लिएको यो नवौं विकेट हो ।

तेस्रो नम्बरमा क्रिज समाल्न आएका मोनांक १७ बलमा एक छक्काको मद्दतले १० रन बनाउँदै आउट भए । १४औं ओभरको पाँचौँ बलमा मोनांक आउट हुँदा अमेरिकाले ४८ रन बनाएको थियो।

प्रकाशित: ९ कार्तिक २०८२ १३:४७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast