काभा पुरुष नेसन्स भलिबल कपमा अफगानिस्तानको सामना गर्दै नेपाल

हिमाल प्रेस ९ कार्तिक २०८२ १०:१७
26
SHARES
काभा पुरुष नेसन्स भलिबल कपमा अफगानिस्तानको सामना गर्दै नेपाल

काठमाडौँ- बंगलादेशमा जारी काभा पुरुष नेसन्स भलिबल कपअन्तर्गत आज नेपालले अफगानिस्तानसँग खेल्दैछ। यो खेल आज दिउँसो सवा १ बजेदेखि सुरु हुने छ। नेपालले यसअघि खेलेका तीन खेलमा एक जित र २ हार बेहोरेको छ।

नेपालले यसअघि तुर्किमेनिस्तान र बंगलादेशसँग लगातार हार बेहोरेपछि तेस्रो खेलमा माल्दिभ्सलाई पराजित गरेको थियो।

नेपालले अब अर्को खेल अक्टोबर २७ सम्म श्रीलंकासँग खेल्ने तालिका रहेको छ। प्रतियोगितामा नेपालसहित ६ देशको सहभागिता रहेको छ ।

प्रकाशित: ९ कार्तिक २०८२ १०:१७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast