जग्गाको विवादले निम्त्याएको क्रुरता

विजय नेपाल ९ कार्तिक २०८२ ९:२५
36
SHARES
जग्गाको विवादले निम्त्याएको क्रुरता

पोखरा- पोखरामा चक्कु प्रहार गरी एक जना युवकको हत्या गरिएको छ । सामान्य विवादमा पोखरा–५, मालेपाटन निवासी ४५ वर्षीय अनिल पराजुलीको गएराति हत्या भएको हो।

सो घटनामा संलग्न रहेको अभियोगमा मालेपाटन निवासी २४ वर्षीय किशोर तिमिल्सिनालाई जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ गरेको छ। घटना विवरण अनुसार, शुक्रबार राति दुबै जना पोखरा ५, पस्र्याङको एक रेष्टुरेन्टमा मादक पदार्थ सेवन गर्नुका साथै तास खेलेका थिए।

राति करिब १ बजेतिर उनीहरुबीच जग्गाको विषयमा विवाद उत्पन्न भएको थियो । त्यत्तिकैमा पराजुलीले तिमिल्सिनामाथि दुई थप्पड हानेका थिए । केहीबेरपछि विवाद साम्य भएपछि पराजुली होटलबाट घर जान भनी निस्के।

राति ३ बजेर ५ मिनेटमा पस्र्याङस्थित आफ्नो घर नजिकै पुग्न लाग्दा त्यत्तिकैमा पछाडिबाट उनीमाथि तिमिल्सनाले चक्कु प्रहार गरेको प्रारम्भिक बयानमा खुलेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

तिमिल्सिनाले रेष्टुरेन्टमा तरकारी काट्ने चक्कु उठाएर पराजुलीको गर्धन नजिक प्रहार गरेका हुन्। घाइते पराजुलीलाई उपचारार्थ पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पठाइकोमा राति ३ बजेर ४० मिनेटमा चिकित्सकले मृत घोषणा गरेका थिए ।

प्रहरी प्रवक्ता डीएसपी हरिबहादुर बस्नेतका अनुसार चक्कु प्रहार गरी फरार भएका तिमिल्सिनालाई प्रहरीले शनिबार बिहानै नियन्त्रणमा लिन सफल भएको थियो। खोजीका लागि प्रहरी पस्र्याङमा तिमिल्सिनाको दाइको पसल पुगेको थियो। दाइको मोबाइलबाट किशोरलाई बोलाइएपछि लेकसाइडमा लुकेर बसेका किशोर पस्र्याङ पुगेका थिए।

प्रारम्भिक अनुसन्धानका क्रममा तिमिल्सिनाले चक्कु हानिसकेपछि इनड्राइभ बोलाएर लेकसाइड गएर लुकेका थिए। प्रारम्भिक बयानमा जग्गासम्बन्धी विवादमा सो घटना हुन पुुगेको थियो।

दुबैजना जग्गा कारोबार गर्दै आएको भए पनि उनीहरुबीच सो दोस्रो भेट भएको स्थानीय बताउँछन्। पहिलो भेटमा समेत उनीहरूबीच सामान्य विवाद भएको थियो । जसमा तिमिल्सिनाले रिसइबी साँधेको हुन सक्ने अनुमान छ।

स्वर्गीय पराजुलीको श्रीमती र एक छोरी छन् । उनको पोखरा ५, पस्र्याङस्थित शिवालय मन्दिर अगाडिबाट शवयात्रासहित शनिबार नै सेती नदीमा अन्त्येष्टि भयो। स्व। पराजुली नेपाली कांग्रेस वडा कार्यसमिति पोखरा–५ का उपसभापति भोलानाथ पराजुलीका सुपुत्र हुन् ।

प्रकाशित: ९ कार्तिक २०८२ ९:२५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast