आईसीसी विश्वकप क्रिकेट लिग २ : यूएईमा अमेरिकाविरुद्ध भिड्दै नेपाली टोली

हिमाल प्रेस ९ कार्तिक २०८२ ७:०५
6
SHARES
आईसीसी विश्वकप क्रिकेट लिग २ : यूएईमा अमेरिकाविरुद्ध भिड्दै नेपाली टोली

काठमाडौँ- आईसीसी विश्वकप क्रिकेट लिग २ को यूएई शृंखलाको पहिलो खेलमा आज नेपालले अमेरिकासँग प्रतिस्पर्धा गर्दैछ। नेपाल र अमेरिकाको खेल आइतबार बिहान ११ बजेर १५ मिनेट जाँदा सुरु हुँदैछ। केही दिन अघि यूएई पुगेको नेपाली राष्ट्रिय क्रिकेट टिमले आइतबारबाट लिग २ का महत्त्वपूर्ण खेल खेल्न लागेको हो।

लिग २ अन्तर्गत यूएई र अमेरिकासँग हुने शृंखलाकाका रोहित पौडेलको कप्तानीमा नेपाली टिम मैदानमा उत्रने छ । नेपाल क्रिकेट संघ क्यानले सन्दीप जोरा, लोकेश बम र आदिल‌ आलमलाई हटाएर विश्वकप लिग २ मा भीम सार्की, शाहब आलम र अनिल साहलाई स्थान दिएको छ।

लिग २ अन्तर्गत यूएई र अमेरिकासँगको शृंखलाका खेल आइतबारदेखि कात्तिक १९ गते बुधबारसम्म यूएईमा हुँदैछन्।

नेपालले आइतबार अमेरिकासँग प्रतिस्पर्धा गरेर यूएई शृंखलाको सुरुवात गर्दैछ। दोस्रो खेलमा कात्तिक १३ गते बिहीबार यूएईसँग भिड्ने तालिका छ । शृंखलाको तेस्रो खेलमा कात्तिक १५ गते शनिबार अमेरिकासँगको भेट तय गरेको नेपालले शृंखलाको अन्तिम खेलमा कात्तिक १९ गते बुधबार यूएईसँग प्रतिस्पर्धा गर्ने छ।

विश्वकप लिग २ मा १२ खेल खेलेको नेपालले १६ अंक जोडेको छ। समान खेल खेलेको यूएईको ६ अंक छ। तालिकामा नेपाल सातौं स्थानमा छ भने यूएई आठौं स्थानमा छ।

२० खेल खेलिसकेको अमेरिका २८ अंकसहित तालिकाको दोस्रो स्थानमा छ।

प्रकाशित: ९ कार्तिक २०८२ ७:०५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast