इटहरीमा दुर्घटना हुँदा श्रीमानको मृत्यु, श्रीमती गम्भीर घाइते

हिमाल प्रेस ८ कार्तिक २०८२ ९:०५
14
SHARES
इटहरीमा दुर्घटना हुँदा श्रीमानको मृत्यु, श्रीमती गम्भीर घाइते

इटहरी- इटहरी उपमहानगरपालिका-१२ संविधान चोक नजिक कोशी लोकमार्गमा शुक्रबार सवारी दुर्घटनामा श्रीमानको मृत्यु भएको छ भने श्रीमती गम्भीर घाइते भएकी छन्।

इटहरीबाट विराटनगरतर्फ जाँदै गरेको प्र १-०१-००१ ख ४२६८ नम्बरको यात्रुवाहक बस अनियन्त्रित भई सोही दिशातर्फ जाँदै गरेको को २ ह ५६९४ नम्बरको अटोलाई ठक्कर दिँदै पुनः विपरीत दिशाबाट आउँदै गरेको प्र। २-०२-००१ प १६१२ नम्बरको मोटरसाइकलसँग ठोक्किएको प्रहरीले जनाएको छ।

दुर्घटनामा मोटरसाइकल चालक सुनसरीको इनरुवा नगरपालिका-७ का ४७ वर्षीय गोकुलराज भण्डारीको मृत्यु भएको हो । घटनामा ३६ वर्षीया गीता श्रेष्ठ गम्भीर घाइते भएकी छन् । उनीहरू श्रीमान-श्रीमती रहेको प्रहरीले पुष्टि गरेको छ ।

दुवै जनालाई तत्काल उपचारका लागि विराट मेडिकल कलेज शिक्षण अस्पताल बूढीगंगा मोरङ पठाइएकोमा गोकुलराजको मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ। गीताको सोही अस्पतालको भेन्टिलेटरमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

मृतकको शव पोष्टमार्टमपछि छोरी सोनी प्रधानले बुझेकी छन् ।

बस चालक धरान उपमहानगरपालिका-८ का ५८ वर्षीय लोकनाथ भट्टराईलाई इलाका प्रहरी कार्यालय दुहवीले नियन्त्रणमा लिएको छ।

त्यस्तै, दुर्घटनामा संलग्न अटो चालक इटहरी-५ का २४ वर्षीय सृजन कुमार राई र अटो प्रहरी चौकी खनारको नियन्त्रणमा छ । उक्त दुर्घटनास्थल प्रहरी चौकी खनारबाट करिब दुई किलोमिटर उत्तरतर्फ पर्छ। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यसैबीच इटहरी उपमहानगरपालिका-१३ खनारस्थित कोशी राजमार्गमा प्र. १-०४-००२प १७९७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दुहबी नगरपालिका-९ का ३० वर्षीय सुनील कुमार चौधरी रहेका छन् ।

विराटनगरस्थित गोल्डेन अस्पतालमा उपचार भइरहेपनि उपचारकै क्रममा उनको शुक्रवार साँझ मृत्यु भएको पुष्टि गरिएको छ। स्कुटर चालक सोही स्थान बस्ने २२ वर्षीय रुबेन चौधरी घाइते छन् । उनको उपचार जारी रहेको प्रहरीले जनाएको छ ।

मृतकको शव परीक्षणका लागि कोशी अस्पताल विराटनगरमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित: ८ कार्तिक २०८२ ९:०५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast