काठमाडौँ- नेपाल राष्ट्र बैंकले आज (शनिबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ।
आज अमेरिकी डलर, युरो, बहराइन दिनारसहित केही मुद्राको मूल्य बढेको छ। तर, अस्ट्रेलियन डलर, पाउन्ड, कुबेती दिनारसहितका मुद्राको भने मूल्य घटेको राष्ट्र बैंकले जनाएको छ।
आज अमेरिकी डलर १ को खरिदर १४० रुपैयाँ २६ पैसा र बिक्रीदर १४० रुपैयाँ ८६ पैसा छ। हिजो अमेरिकी डलर १ को खरिदर १४० रुपैयाँ २५ पैसा र बिक्रीदर १४० रुपैयाँ ८५ पैसा थियो।
आज युरो १ को खरिददर १६२ रुपैयाँ ८३ पैसा र बिक्रीदर १६३ रुपैयाँ ५३ पैसा छ। हिजो युरो १ को खरिदर १६२ रुपैयाँ ५६ पैसा र बिक्रीदर १६३ रुपैयाँ २६ पैसा थियो।
आज पाउन्ड स्ट्रलिङ १ को खरिदर १८६ रुपैयाँ ७० पैसा र बिक्रीदर १८७ रुपैयाँ ५० पैसा छ। हिजो पाउन्ड स्ट्रलिङ १ को खरिदर १८७ रुपैयाँ १४ पैसा र बिक्रीदर १८७ रुपैयाँ ९४ पैसा थियो।
आज अस्ट्रेलियन डलर १ को खरिदर ९१ रुपैयाँ १२ पैसा र बिक्रीदर ९१ रुपैयाँ ५१ पैसा छ। हिजो अस्ट्रेलियन डलर १ को खरिदर ९१ रुपैयाँ २३ पैसा र बिक्रीदर ९१ रुपैयाँ ६२ पैसा थियो।
आज कुवेती दिनार १ को खरिदर ४५७ रुपैयाँ ३३ पैसा र बिक्रीदर ४५९ रुपैयाँ २९ पैसा छ। हिजो कुवेती दिनार १ को खरिदर ४५७ रुपैयाँ ३९ पैसा र बिक्रीदर ४५९ रुपैयाँ ३५ पैसा थियो।
आज बहराइन दिनार १ को खरिदर ३७२ रुपैयाँ ०७ पैसा र बिक्रीदर ३७३ रुपैयाँ ६६ पैसा छ। हिजो बहराइन दिनार १ को खरिदर ३७२ रुपैयाँ ०४ पैसा र बिक्रीदर ३७३ रुपैयाँ ६३ पैसा थियो।



