माओवादी र नेकपा एसबीचको एकता अन्तिम चरणमा पुगेपछि विप्लवले के भने?

हिमाल प्रेस ७ कार्तिक २०८२ १७:५७
70
SHARES
माओवादी र नेकपा एसबीचको एकता अन्तिम चरणमा पुगेपछि विप्लवले के भने?

काठमाडौँ- नेकपा (माओवादी केन्द्र) र नेकपा एकीकृत समाजवादीबीच पार्टी एकीकरण अन्तिम चरणमा पुगेपछि नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले पार्टीको धारणा सार्वजनिक गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत् धारणा सार्वजनिक गरेका विप्वलवले कम्युनिष्टहरूबीचकाे एकता झनै बढेको बताएका हुन्।

उनले कुनै पार्टीहरूबीच हुने एकतालाई सकारात्मक लिनुपर्ने बताएका छन्। ‘कम्तीमा कम्युनिस्टहरूबीच विगतमा जस्तो सत्रुतापूर्ण सोच नबनाई प्रधान अन्तरविरोध हल गर्न, देशमा नेपाली विशेषताको समाजवाद (अग्राधिकार सहितको संघीयता) स्थापना गर्न संयुक्त मोर्चा र सहकार्यको नीतिमा काम गर्नुपर्छ,’ उनले लेखेका छन्, ‘देशको स्वाधीनता गम्भीर संकटमा परेको स्थितिमा सबै देशभक्त, समाजवादी, कम्युनिस्ट शक्तिहरूबीच मोर्चा निर्माणमा अग्रसर हुनु पर्दछ।’

उनले एकता संगठनलाई एक बनाउनेसँग मात्र सम्बन्धित नभई यसका विचार, सिद्धान्त, लक्ष्य, आर्थिक दृष्टिकोण, जीवन व्यवहार, संस्कृति सहितको एकरूप बुझाइसँग सम्बन्धित रहेको बताए। यी विषयमा नेतृत्व तहमा पहिलेदेखि गम्भीर छलफल चलेको तर टुंगो लागिनसकेको उनको भनाइ छ।

प्रकाशित: ७ कार्तिक २०८२ १७:५७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast