सांकेतिक तस्बिर
भद्रपुर (झापा)- बिर्तामोड नगरपालिका-१०, फेसबुक चोकमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ।
शुक्रबार दिउँसो आफ्नो घरमा बिजुलीको तार मर्मत गर्न खोज्दा स्थानीय ५५ वर्षीया तालामाई मर्डीको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रहरी नायव उपरीक्षक खगेन्द्रबहादुर खड्काले घरमा बिजुली बाल्ने क्रममा समस्या देखिएपछि तार हेर्न खोज्दा करेन्ट लागेको आशंका गरिएको बताए।
इलाका प्रहरी कार्यालय अनारमनीबाट प्रहरी निरीक्षक सन्तोष राईको नेतृत्वमा खटिएको टोलीले थप अनुसन्धान तथा कानुनी प्रक्रिया सुरु गरेको जनाइएको छ।
प्रकाशित: ७ कार्तिक २०८२ १७:४५
प्रतिक्रिया



