विद्यालय कर्मचारीको राष्ट्रिय परिषद् अघि जिल्ला परिषद् सम्पन्न गर्न आग्रह

हिमाल प्रेस ७ कार्तिक २०८२ ९:५२ | Friday, October 24, 2025
2
SHARE
विद्यालय कर्मचारीको राष्ट्रिय परिषद् अघि जिल्ला परिषद् सम्पन्न गर्न आग्रह नेपाल विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समितिका अध्यक्ष गंगाराम तिवारी। फाइल तस्बिर।

काठमाडौँ- नेपाल विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समितिका अध्यक्ष गंगाराम तिवारीले आउँदो मंसिर १२ र १३ गते आयोजना हुने राष्ट्रिय परिषद् अघि सम्बन्धित पालिका, जिल्ला र प्रदेश समितिहरूले आफ्नो क्षेत्रगत परिषद् अनिवार्य रूपमा सम्पन्न गर्नुपर्ने बताएका छन्।

अध्यक्ष तिवारीले सम्बन्धित समितिहरूले पटकपटक सूचना सार्वजनिक गरिसक्दा पनि केही जिल्लाहरूले आफ्नो विधान सम्बत परिषद् कार्य सम्पन्न नगरेको पाइएमा ती जिल्लाका प्रतिनिधिहरूलाई राष्ट्रिय परिषद्मा सहभागी हुन अनुमति नदिने जानकारी गराइएको छ।

उक्त सूचना मार्फत सम्बन्धित समितिहरूलाई कार्यक्रममा सहभागी हुन पुनः जानकारीसहित अनुरोध गरिएको छ।

प्रकाशित: ७ कार्तिक २०८२ ९:५२ | Friday, October 24, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast