बिर्तामोडमा कुटपिटबाट युवकको मृत्यु, एक पक्राउ

हिमाल प्रेस ६ कार्तिक २०८२ १६:०३
6
SHARES
बिर्तामोडमा कुटपिटबाट युवकको मृत्यु, एक पक्राउ

झापा- बिर्तामोड नगरपालिका-५ मा भएको कुटपिट घटनामा एक युवकको मृत्यु भएको छ। बुधबार राति बिर्तामोड–५ का ३० वर्षीय जगन राजवंशीको मृत्यु भएको हो।

प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार राजवंशी र केही व्यक्तिबीच विवाद भएपछि उनलाई कुटपिट गरिएको थियो।

गम्भीर घाइते अवस्थाका राजवंशीलाई उपचारका लागि बी एन्ड सी अस्पताल बिर्तामोड लगिएको थियो तर चिकित्सकले उनलाई मृत घोषित गरे।

घटनामा संलग्न भएको आरोपमा बिर्तामोड–५ का २६ वर्षीय हेमकुमार चौधरीलाई प्रहरीले शिवशताक्षी नगरपालिका–७ बाट नियन्त्रणमा लिएको डिएसपी खड्काले जानकारी दिए।

प्रहरीले घटनाको थप अनुसन्धान अघि बढाएको छ।

प्रकाशित: ६ कार्तिक २०८२ १६:०३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + 13 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast