कर्णाली याक्सको नयाँ जर्सी सार्वजनिक

हिमाल प्रेस ६ कार्तिक २०८२ ९:२८
8
SHARES
कर्णाली याक्सको नयाँ जर्सी सार्वजनिक

काठमाडौँ– कर्णाली याक्स स्पोट्सले दोस्रो नेपाल प्रिमियर लिग (एनपीएल)को लागि नयाँ जर्सी सार्वजनिक गरेको छ ।

कर्णाली याक्सका निर्देशक गृहेन्द्र घिमिरेले मंसिरमा हुने एनपिएलको लागि कर्णाली याक्सले लगाउने जर्सी सार्वजनिक भएको र चाडै समर्थकमाझ पुर्याउने योजना रहेको बताएका छन् ।

कर्णाली याक्सको जर्सीमा आकासे र पहेँलो रंग समावेश गरिएको छ। जसले कर्णाली प्रदेशको भौगोलिक र साँस्कृतिक महत्व पनि राख्नेछ।

दोस्रो संस्करणको लागि कर्णाली याक्सले आफ्नो तयारी तीव्र बनाएको छ । कर्णालीले ट्यालेन्ट हन्ट ५ नोभेम्बरमा गर्दैछ ।

२०८१ मंसिर १५ गतेदेखि पुस ६ गते सम्म भएको पहिलो संस्करणमा कर्णाली याक्सले दोस्रो क्वालिफायरसम्मको यात्रा तय गरेको थियो ।

दोस्रो संस्करणमा पनि कर्णालीले ज्ञानेन्द्र मल्ललाई नै प्रशिक्षकमा निरन्तरता दिएको छ। टोलीको कन्सल्ट्यान्ट प्रशिक्षकमा राजु बस्नेत गर्नेछन्।

प्रकाशित: ६ कार्तिक २०८२ ९:२८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast