
रुपन्देही– रुपन्देहीमा दुर्गाको मूर्ति विसर्जन गर्ने क्रममा डुबेर तीन जना युवाको मृत्यु भएको छ।
बुधबार गैडहवा गाउँपालिका वडा नम्बर ६ सूर्यपुराघाटमा मूर्ति सेलाउने क्रममा मायादेवी गाउँपालिका वडा नम्बर–१ का १३ वर्षीय अजय हरिजन, १५ वर्षीय दीपु हरिजन र २८ वर्षीय रोहित हरिजनको मृत्यु भएको रुपन्देही प्रहरीले जानकारी दिएको छ।
दानव र कञ्चन नदी शंगम सूर्यपुरास्थित सन्तेश्वर घाटमा बुधबार दिउँसो मूर्ति सेलाउनेक्रममा उनीहरु बेपत्ता भएको र खोजी गर्दा उनीहरुको शव घाटभन्दा करिब डेढ सय मित्र तल भेटिएको प्रहरीले जानकारी दिएको छ।
प्रकाशित: ६ कार्तिक २०८२ ७:३५
प्रतिक्रिया