विद्युत सर्ट हुँदा घर आगलागी

हिमाल प्रेस ६ कार्तिक २०८२ ७:०५
6
SHARES
विद्युत सर्ट हुँदा घर आगलागी

गुल्मी– गुल्मीको रेसुङ्गा नगरपालिका वडा नम्बर–४ अर्खलेस्थित एक घरमा आगलागी हुँदा क्षति भएको छ । विद्युत सर्ट भएर इश्वरीप्रसाद भण्डारीको घरमा बुधबार साँझ आगलागी भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक (डीएसपी) गंगाबहादुर सारुका अनुसार भण्डारीको ढुङ्गा माटोले बनेको टिनले छाएको तीन तले कच्ची घरमा विद्युत सर्ट भई आगलागी हुँदा भएको हो। आगलागीबाट घर पूर्ण रुपमा जलि क्षति हुनुका साथै घरभित्र रहेको अन्नपात, लत्ताकपडा, भाडा वर्तन जलि क्षति भएको हो।

यसैगरी, निजकै सोही घरसँग जोडिएको पक्की घरको छतमा बनेको टिनले छाएको २ वटा कोठा समेत आंशिक रुपमा जलि क्षति भएको प्रहरीले जनाएको छ। आगलागीका कारण मानविय तथा चौपाय क्षति भएको छैन ।

घटनाबारे जानकारी प्राप्त हुनसाथ जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी हवलदार लोकराज पोख्रेलको कमाण्डमा खटेको प्रहरी टोली, स्थानीय र दमकलको सहयोगमा आगोलाई पूर्ण रुपमा नियन्त्रणमा लिइएको छ ।

प्रकाशित: ६ कार्तिक २०८२ ७:०५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast