पूर्वाधार निर्माणमा सघाउन राष्ट्रियसभा अध्यक्ष दाहालको अन्तर्राष्ट्रिय समुदायलाई आग्रह

हिमाल प्रेस ५ कार्तिक २०८२ १६:०६
12
SHARES
पूर्वाधार निर्माणमा सघाउन राष्ट्रियसभा अध्यक्ष दाहालको अन्तर्राष्ट्रिय समुदायलाई आग्रह

काठमाडौँ- राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले नेपालमा आसन्न निर्वाचनका लागि आवश्यक पूर्वाधार निर्माणमा अन्तर्राष्ट्रिय समुदायको सहयोगको आग्रह गरेका छन्।

अन्तर व्यवस्थापिका संघ (आईपीयू) को १५१औं महासभामा सहभागी हुन जेनेभा पुगेका अध्यक्ष दाहालले बेलायत, चीन र श्रीलंकाका संसदीय प्रतिनिधिमण्डलहरूसँग छुट्टाछुट्टै भेटवार्ता गर्दै यस्तो आग्रह गरेका हुन्।

भेटमा अध्यक्ष दाहालले हालैको जेनजी आन्दोलनका कारण क्षति पुगेका संरचनाहरूको पुनर्निर्माण तथा निर्वाचन सहज बनाउन अन्तर्राष्ट्रिय मित्र राष्ट्रहरूको साथ र सहयोग आवश्यक भएको जानकारी गराए। उनले नेपालमा आन्दोलनपछि उत्पन्न नयाँ राजनीतिक परिस्थितिमा अन्तरिम सरकार गठन भइसकेको र तोकिएको समयमा निर्वाचन सम्पन्न गर्न नेपाल प्रतिबद्ध रहेको जानकारी गराएका थिए।

आईपीयूको एशिया–प्यासिफिक समूहका अध्यक्ष समेत रहेका चिनियाँ संसदीय प्रतिनिधिमण्डलका नेतासँग, बेलायती र श्रीलंकाली संसदीय प्रतिनिधिहरूसँगको भेटमा आपसी सम्बन्ध, संसदीय मैत्री समूहमार्फत अनुभव आदानप्रदान र अन्तर्राष्ट्रिय मञ्चहरूमा सहकार्यका विषयमा समेत छलफल भएको दाहालको सचिवालयले जनाएको छ।

साथै, अध्यक्ष दाहालले जलवायु परिवर्तनका असरहरू नेपाली जनताले प्रत्यक्ष भोगिरहेका बताउँदै विकासोन्मुख देशहरूलाई आवश्यक सहयोग उपलब्ध गराउन विश्व समुदायले अग्रसर हुनुपर्ने धारणा पनि राखेका थिए।

प्रकाशित: ५ कार्तिक २०८२ १६:०६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast