महाराजगन्जका प्रहरी जवानको हत्यामा संलग्न एक पक्राउ

हिमाल प्रेस ५ कार्तिक २०८२ १३:०१
14
SHARES
महाराजगन्जका प्रहरी जवानको हत्यामा संलग्न एक पक्राउ

काठमाडौँ- प्रहरी वृत्त महाराजगन्जमा कार्यरत प्रहरी जवान उत्तम थापाको हत्यामा संलग्न थप एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले २१ वर्षीय सोङ गुङलाई धुम्बाराहीबाट पक्राउ गरेको हो।

गत भदौ २४ गते आन्दोलन क्रममा महाराजगन्ज वृत्तमा प्रहरी जवान उत्तम थापा र असई मिलन रायको हत्या भएको थियो।

प्रदर्शनकारीहरूले प्रहरी वृत्तमा आगजनी समेत गरेका थिए।

यसअघि मिलन रायको हत्यामा संलग्न युवराज क्यापछाकी र सोनाम बुद्धिलाल र उत्तम थापाको हत्या आरोपमा होमप्रसाद पौडेल र टिकाराम विश्वकर्मा पक्राउ परेका थिए।

प्रकाशित: ५ कार्तिक २०८२ १३:०१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast