
पोखरा- पोखरामा जुवातास खेल्नेहरू धमाधम पक्राउ पर्न थालेका छन्। तिहार लागिसकेपछि नेपाल प्रहरीले २७ जनालाई नियन्त्रणमा लिइसकेको छ। मंगलबार पोखरा-१६ माथिल्लो दीपबाट ७ जना पक्राउ परेका हुन्। उनीहरूको परिचय भने गोप्य राखिएको छ।
वडा प्रहरी कार्यालय, बगरबाट खटिएको प्रहरी टोलीले मंगलबार साँझ माथिल्लो दीपमा जुवातास खेलिरहेको सूचना आधारमा ७ जनालाई पक्राउ गरेको हो।
जुवाखालबाट नगद २ लाख ९५ हजार तथा ४ बुक ताससमेत बरामद गरिएको सूचना अधिकारी डिएसपी हरिबहादुर बस्नेतले जानकारी दिए।
यसअघि, प्रहरीले २ र ३ कात्तिकमा पोखराको नयाँबजार, मोहरिया टोल र विजयपुरमा जुवा खेल्ने तथा खेलाउने कार्यमा संलग्न २० जनालाई पक्राउ गरिसकेको थियो।
जुवाखालबाट तास र कौडीसहित झन्डै ६ लाखसमेत बरामद गरेको थियो।
प्रकाशित: ५ कार्तिक २०८२ १२:१०
प्रतिक्रिया