जेनजी आन्दोलनलाई विध्वंशको दोष लगाएर तत्कालीन सरकार र दलहरू दोषमुक्त बन्न खोजे : शिक्षामन्त्री पुन

हिमाल प्रेस ५ कार्तिक २०८२ ११:४२
16
SHARES
जेनजी आन्दोलनलाई विध्वंशको दोष लगाएर तत्कालीन सरकार र  दलहरू दोषमुक्त बन्न खोजे : शिक्षामन्त्री पुन

काठमाडौँ- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री डा.महावीर पुनले जेनजी आन्दोलनलाई विध्वंशको दोष लगाएर सरकार र राजनीतिक दलहरूले आफू दोषमुक्त बन्न नसक्ने चेतावनी दिएका छन्।

मन्त्री पुनले जेनजी आन्दोलन कुनै आकस्मिक घटना नभई राज्य प्रणालीभित्र वर्षौंदेखि जरा गाडिएको कुशासन, भ्रष्टाचार र चाकरीप्रथाको परिणाम भएको बताए। मन्त्रालयका हरेक क्षेत्रमा व्याप्त बेथिति र सत्तासीन दलहरूले चाकरीवाजहरूलाई संरक्षण गरेको उनले बताए।

‘विघटित सरकार र राजनीतिक दलहरूले अहिले जेनजी समूहलाई अव्यवस्थाको दोष दिन थालेका छन् तर यसरी दोष थोपरेर आफू उम्कन सकिँदैन,’ मन्त्री पुनले भने, ‘यदि मन्त्रालयमा कुशासन र भ्रष्टाचार मौलाएको थिएन भने यो आन्दोलन उठ्थ्यो त?’

उनले २०४६ सालको जनआन्दोलन सम्झँदै अहिलेका वृद्ध भइसकेका नेताहरू पनि त्यतिबेला आजका जेनजी युवा सरहै आन्दोलनमा सहभागी रहेको स्मरण गराए।

‘२०४६ सालमा यिनै नेताहरूले जनआन्दोलन गरेर भ्रष्टाचार र कुशासन अन्त्य गर्ने सपना देखाएका थिए,’ मन्त्री पुनले भने, ‘आजका जेनजी युवाहरूले पनि ठिक त्यही उद्देश्य लिएर आवाज उठाइरहेका छन्।’

उनले परिवर्तनको आवाज उठाउने पुस्तालाई दबाउने प्रयासले समस्या समाधान नहुने भन्दै सबै दल र सरकारलाई आत्मसमीक्षा गर्न आग्रह गरे। ‘जेनजीको स्वरलाई विध्वंश नभई सुधारको मागका रूपमा बुझ्नुपर्छ,’ मन्त्री पुनले भने।

प्रकाशित: ५ कार्तिक २०८२ ११:४२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast