कर्णाली याक्सले कात्तिक १७ मा ट्यालेन्ट हन्ट गर्ने

हिमाल प्रेस ५ कार्तिक २०८२ ११:२७
4
SHARES
कर्णाली याक्सले कात्तिक १७ मा ट्यालेन्ट हन्ट गर्ने

काठमाडौँ– कर्णाली याक्स स्पोट्स प्रालीले ट्यालेन्ट हन्ट आयोजना गर्ने भएको छ । कर्णाली याक्सका निर्देशक गृहेन्द्र घिमिरेले मंसिरमा हुने दोस्रो नेपाल प्रिमियर लिग (एनपीएल) को लागि ट्यालेन्ट हन्टबाट युवा खेलाडीको खोजी गरिने जानकारी गराए ।

‘पहिलो संस्करणमा झै हामीले दोस्रो संस्करणमा पनि ट्यालेन्ट हन्ट आयोजना गर्दैछौं । यसपटक पनि हामी विपिन शर्मा जस्तै नयाँ स्टार खोज्ने प्रयासमा हुन्छौं,’ निर्देशक घिमिरेले भनेका छन् ।

कर्णाली याक्सले आगामी नोभेम्बर ३ अर्थात कात्तिक १७ मा कर्णाली प्रदेशको राजधानी सुर्खेतमा ट्यालेन्ट हन्ट हुने जानकारी गराएको छ । इच्छुक खेलाडीलाई नाम दर्ता गर्न पनि कर्णाली याक्सले अनुरोध पनि गरेको छ ।

प्रकाशित: ५ कार्तिक २०८२ ११:२७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast