निर्वाचनमा केन्द्रित हुन सबै दललाई प्रचण्डको आह्वान

हिमाल प्रेस ५ कार्तिक २०८२ १०:२७
10
SHARES
निर्वाचनमा केन्द्रित हुन सबै दललाई प्रचण्डको आह्वान माओवादी संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड'

जनकपुरधाम- नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचन (फागुन २१ गते) तोकिएको मितिमै हुनुपर्ने बताएका छन्। बुधबार जनकपुरधाम विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले सरकारले निर्वाचनका लागि आवश्यक वातावरण बनाउन गम्भीरता देखाउनुपर्ने बताए।

‘निर्वाचन तोकिएको समयमा नै हुनुपर्छ,’ संयोजक प्रचण्डले भने, ‘सरकारले यो विषयलाई गम्भीर रूपमा लिएर वातावरण निर्माण गर्नुपर्ने आवश्यकता छ। हिजो मात्रै दलहरूसँग भएको छलफलबाट सरकार विस्तारै निर्वाचनतर्फ गम्भीर हुँदै गएको देखिन्छ तर अझै पनि पूर्ण वातावरण बनेको छैन।’

उनले असाधारण परिस्थितिमा बनेको अन्तरिम सरकारले चुनाव घोषणा गरिसकेकाले अब सबै दलहरूको ध्यान निर्वाचनमै केन्द्रित हुनु पर्ने बताए।

संयोजक प्रचण्डले निर्वाचनप्रति सबैभन्दा पहिला प्रतिबद्धता जनाउने पार्टी माओवादी केन्द्र नै भएको दाबी गर्दै जनजागरण अभियानपछि काठमाडौँ उपत्यका बाहिर मधेशमा सार्वजनिक कार्यक्रम आयोजना गर्ने पहिलो दल पनि माओवादी केन्द्र नै भएको बताए।

त्यसैगरी, वामपन्थी एकता र राजनीतिक ध्रुवीकरणसम्बन्धी प्रश्नमा उनले समाजवादी मोर्चामा आवद्ध दलहरूबीच एकता प्रक्रिया अगाडि बढिरहेको जानकारी दिए।

‘निर्वाचन त निश्चित रूपमा हुनैपर्छ,’ संयोजक प्रचण्डले भने, ‘साथै, समाजवादी मोर्चाभित्र रहेका वामपन्थी दलहरूबीच एकता र ध्रुवीकरणको प्रक्रिया पनि निरन्तर अघि बढ्नेछ।’

प्रकाशित: ५ कार्तिक २०८२ १०:२७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast