जनआवाजलाई प्रभावकारी बनाउन राष्ट्रियसभाको सक्रियता अझ बढ्नुपर्छ राष्ट्रियसभा उपाध्यक्ष

हिमाल प्रेस ५ कार्तिक २०८२ ८:०८
4
SHARES
जनआवाजलाई प्रभावकारी बनाउन राष्ट्रियसभाको सक्रियता अझ बढ्नुपर्छ  राष्ट्रियसभा उपाध्यक्ष

काठमाडौँ– राष्ट्रियसभाका उपाध्यक्ष बिमला घिमिरेले वर्तमान राष्ट्रिय र राजनीतिक परिस्थितिमा राष्ट्रियसभाको बैठक शीघ्र आह्वान गरी राष्ट्रिय सरोकारका विषयमा विचार–विमर्श, सहमति र समाधान खोज्ने प्रयास गर्नुपर्ने आवश्यकता औँल्याएकी छन् ।

नेपालीहरूको महान् पर्व शुभ दीपावली (तिहार) २०८२ तथा नेपाल संवत् ११४६ को पावन अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ, दिदीबहिनी तथा आमाबुवाप्रति सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको हार्दिक शुभकामना व्यक्त गर्दै उनले सो आवश्यकता औँल्याएकी हुन् ।

उनले भनेकी छन्, ‘जनआवाजलाई प्रभावकारी बनाउन, नीति निर्माण र सरकारका कार्यमा संसदीय अनुगमन सुदृढ गर्न राष्ट्रियसभाको सक्रियता अझ बढ्नुपर्छ भन्ने विश्वास लिन्छु ।’

नेपाल संवत् ११४६ को आगमनले हाम्रो मौलिक ऐतिहासिक परम्पराको स्मरण गराउने उनको भनाइ छ । राष्ट्रिय विभूति शंखधर साःख्वाले लिच्छविकालीन राजा राघवदेवको समयमा गरिब र किसानलाई ऋणमुक्त गराई प्रचलनमा ल्याउनुभएको नेपाल संवत् हाम्रो मौलिक राष्ट्रिय संवत् भएको उनले उल्लेख गरेकी छन् ।

विशेषगरी काठमाडौं, भक्तपुर, ललितपुर तथा नेवार समुदायको बाहुल्य भएका क्षेत्रमा भव्यतापूर्वक मनाइने यो संवत्‌ले केवल इतिहासलाई मात्र होइन, सामाजिक न्याय र समानताको मूल्पलाई पनि बलियो बनाउने काम गरेको छ ।

उनले भनेकी छन्, ‘नेपालको बहुल संस्कृतिमा आधारित चाडपर्वहरूले राष्ट्रिय एकता, सामाजिक सद्भाव र सहअस्तित्वलाई मजबुत बनाएका छन्, चाडपर्वहरू हाम्रो पहिचान, ऐक्यबद्धता र साझा मूल्यलाई जगाउने माध्यम बनेका छ

प्रकाशित: ५ कार्तिक २०८२ ८:०८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast