तिहारको आज चौथो दिन, मौसम विभाग भन्छ : पानी पर्ने सम्भावना छ

हिमाल प्रेस ५ कार्तिक २०८२ ६:४५
6
SHARES
तिहारको आज चौथो दिन, मौसम विभाग भन्छ : पानी पर्ने सम्भावना छ

काठमाडौँ– हाल कर्णाली र सुदूरपश्चिम प्रदेशमा पश्चिमी वायुको प्रभाव रहेको छ । जल तथा मौसम विभागका अनुसार आज दिउँसो सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू भागमा आंशिक बदली रही बाँकी भूभागमा मुख्यतया मौसम सफा रहनेछ ।

कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । साथै विभागका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू भागका एक दुई स्थानमा हल्का वर्षा , हिमपातको सम्भावना रहेको विभागद्धारा जारी मौस बुलेटिनमा उल्लेख छ ।

मौसम बुलेटिनका अनुसार आज राति सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू भागमा आंशिक बदली तथा बाँकी भू भागमा मौसम मुख्यतया सफा रहने छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भू भागका एक दुई स्थानमा हल्का वर्षा , हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।

प्रकाशित: ५ कार्तिक २०८२ ६:४५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast