नेपाली महिला फुटबल टोलीको बिदाइ

हिमाल प्रेस ४ कार्तिक २०८२ १६:०४
12
SHARES
नेपाली महिला फुटबल टोलीको बिदाइ

काठमाडौँ- त्रिदेशीय अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्न भारत जाने नेपाली राष्ट्रिय महिला फुटबल टोलीलाई बिदाइ गरिएको छ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले मंगलबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै नेपाली राष्ट्रिय महिला फुटबल टोलीलाई बिदाइ गरेको हो।

बिदाइ कार्यक्रममा नेपाली राष्ट्रिय महिला फुटबल टोलीका मुख्य प्रशिक्षक नवीन न्यौपानेले दसैँ र तिहारका बीचमा पनि सबै खेलाडीहरूले मेहनत गरेकाले राम्रो नतिजा आउने विश्वास व्यक्त गरे। तीन हप्ताको प्रशिक्षणको अवधिमा खेलाडीहरूले राम्रो तयारी गरेको उनको भनाइ छ।

त्यस्तै देश बाहिर रहेका खेलाडी स्वदेश फर्किएर प्रशिक्षणमा सहभागी भएकाले राम्रो टीम बनेको उनको दाबी छ। उनले सन् २०२६ को साफ महिला च्याम्पियनसिपसम्मको फर्म्याट तयार गर्न आफूले काम गरेको उल्लेख गरे।

कार्यक्रममा नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’ले राष्ट्रिय महिला फुटबल टोलीमा अधिकांश नयाँ खेलाडी रहेकाले आगामी खेलका लागि उत्साहित रहेको बताइन्।

यसअघिको खेलमा देखिएका कमी कमजोरीलाई सुधार गर्दै नेपाली टिम मैदानमा उत्रने उनको भनाइ छ।

नेपाली टोलीले कात्तिक ७ गते इरानको राष्ट्रिय महिला फुटबल टिम र कात्तिक १० र १३ गते भारतको राष्ट्रिय महिला फुटबल टिमसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्ने एन्फाले जनाएको छ।

प्रकाशित: ४ कार्तिक २०८२ १६:०४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + 20 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast