विद्यालय कर्मचारीको राष्ट्रिय परिषद् बैठक मंसिर १२ र १३ गते, शुल्क पनि तोकियो

हिमाल प्रेस ४ कार्तिक २०८२ १०:०७
70
SHARES
विद्यालय कर्मचारीको राष्ट्रिय परिषद् बैठक मंसिर १२ र १३ गते, शुल्क पनि तोकियो

काठमाडौँ- नेपाल विद्यालय कर्मचारी परिषद्ले आगामी मंसिर १२ र १३ गते राष्ट्रिय परिषद् बैठक गर्ने भएको छ। परिषद्को राष्ट्रिय समितिका पदाधिकारी र प्रदेश अध्यक्षहरूको यही असोज ११ गते बसेको भर्चुअल बैठकले उक्त मिति तय गरेको हो।

बैठकको निर्णयअनुसार स्थानीय तह, जिल्ला र प्रदेश परिषद्हरूलाई यही कात्तिक मसान्तभित्र सम्पन्न गर्न निर्देश गरिएको छ। परिषद्का अनुसार यसपटकको राष्ट्रिय परिषद् बैठकमा विधानअनुसारका प्रतिनिधिहरूले मात्र सहभागी हुन पाउने छन्।

राष्ट्रिय परिषद्मा सहभागी हुने प्रतिनिधिमा राष्ट्रिय समितिका सम्पूर्ण पदाधिकारी तथा सदस्यहरू, प्रदेश अध्यक्ष, उपाध्यक्ष र महिला उपाध्यक्षहरूका साथै जिल्लाबाट अध्यक्ष, सचिव र दुई जना महाधिवेशन प्रतिनिधि रहने छन्। प्रदेश अध्यक्ष, उपाध्यक्ष र महिला उपाध्यक्षहरूले रु. ५,००० को प्रतिनिधि शुल्क तिर्नुपर्नेछ।

परिषद्ले जानकारी दिए अनुसार जिल्ला अधिवेशन सम्पन्न नगरेका जिल्लाहरूलाई यसपटकको राष्ट्रिय महाधिवेशनमा सहभागी गराइने छैन। परिषद् बैठकमा सहभागिता शुल्क रु. १०,००० र सदस्यता नविकरण शुल्क प्रति जिल्ला रु. १५,००० तोकिएको छ। थप प्रतिनिधिहरूको हकमा प्रति व्यक्ति रु. ३,००० शुल्क लाग्नेछ।

बैठकमा सहभागी प्रतिनिधिहरूका लागि खाना र खाजाको व्यवस्था मात्र गरिएको छ भने आवासको व्यवस्था गरिएको छैन। साथै, प्रदेश समितिहरूले जिल्ला परिषद् बैठक सम्पन्न भएको प्रतिवेदन केन्द्रमा पठाउनुपर्नेछ।

शुल्क सम्बन्धी व्यवस्थाअनुसार हरेक सदस्यको वार्षिक शुल्क रु. ५०० मध्ये स्थानीय तहमा ४० प्रतिशत, प्रदेशमा २० प्रतिशत, जिल्लामा २० प्रतिशत र केन्द्रमा २० प्रतिशत जानेछ। केन्द्रीय समितिको हिस्सा (प्रति सदस्य रु. १००) सिद्धार्थ बैंक खाता नं. 01819272800 मा यही कात्तिक मसान्तभित्र जम्मा गर्न आग्रह गरिएको छ।

यस्तै, जिल्लाहरूले नविकरण शुल्कको रसिद र प्रगति प्रतिवेदन सहित राष्ट्रिय परिषद्मा उपस्थित हुनुपर्नेछ। बैठकमा सहभागी हुने प्रतिनिधिहरूको नामावली पनि कात्तिक मसान्तभित्र [email protected] मा पठाउन आग्रह गरिएको छ।

परिषद्ले सातवटै प्रदेश अध्यक्षहरूलाई सम्बन्धित जिल्ला अध्यक्षहरूसँग समन्वय गरी आवश्यक तयारी तीव्र बनाउन अनुरोध गरेको छ।

 

प्रकाशित: ४ कार्तिक २०८२ १०:०७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast