विपिन जोशीको परिवारलाई सुदूर सरकारले दुई लाख दिने

हिमाल प्रेस ४ कार्तिक २०८२ ७:०९
8
SHARES
विपिन जोशीको परिवारलाई सुदूर सरकारले दुई लाख दिने मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय।

काठमाडौँ- सुदूरपश्चिम प्रदेश सरकारले हमासको आक्रमणमा परी निधन भएका कञ्चनपुरका विपिन जोशीको परिवारलाई दुई लाख सहयोग गर्ने भएको छ।

मुख्यमन्त्री कमलबहादुर शाहले जोशीको परिवारलाई मानवीय सहायतास्वरूप दुई लाख सहयोग गर्न लागिएको जानकारी दिए।

यसअघि प्रदेश सरकार मन्त्रिपरिषद् बैठकले हमासको आक्रमणबाट ज्यान गुमाएका परिवारलाई दुई लाखका दरले आर्थिक सहायता दिने निर्णय गरेको थियो। सोहीअनुसार यसअघि मृतक सात जनाका परिवारलाई सहयोग रकम दिइसकेको र अब विपिनको परिवारलाई पनि सहयोग गरिने बताए।

दुई वर्षअघि सुदूरपश्चिम विश्वविद्यालयबाट कृषि विज्ञानमा स्नातक अध्ययन गरेर इजरायलमा ‘लर्न एण्ड अर्न’ कार्यक्रमअन्तर्गत ‘इन्टर्न’ गर्न गएकामध्ये दश जना नेपाली विद्यार्थी इजरायलमा हमासको आक्रमणमा परेका थिए। मुख्यमन्त्री शाहले स्व जोशीप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै परिवारजनमा संवेदना व्यक्त गरेका छन्।

यसैबीच विपिन जोशीको पार्थिव शरीर आज साँझ नेपाली सेनाको स्काइ ट्रकबाट धनगढी विमानस्थलमा पुर्‍याइएको छ। पार्थिव शरीरलाई विमानस्थलबाट कञ्चनपुर लगिएको छ। रासस

प्रकाशित: ४ कार्तिक २०८२ ७:०९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven − five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast