तिहारको अवसरमा सेल पकाउने प्रतियोगिता, सुब्बा भए प्रथम

हिमाल प्रेस ३ कार्तिक २०८२ १९:४३
12
SHARES
तिहारको अवसरमा सेल पकाउने प्रतियोगिता, सुब्बा भए प्रथम

काठमाडौँ- तिहारको अवसरमा आज (सोमबार) यहाँ सेल पकाउने प्रतियोगिता गरिएको छ।

प्रतियोगितामा ‘सेफ’ इङ्वा सुब्बा प्रथम, राधेश्याम श्रेष्ठ द्वितीय र मानबहादुर तामाङ तृतीय भए। नेपाली खाना प्रवर्द्धन अभियानको संयोजनमा भोजनलिपि स्वाद र सिलौटो कटेजको आयोजनामा भएको प्रतियोगितामा ९ जनाले सहभागिता जनाएका थिए।

उनीहरूले नेपाली खानालाई देशभित्र र बाहिर प्रचारप्रसार गर्न समय समयमा विभिन्न कार्यक्रमको आयोजना हुनुपर्नेमा जोड दिए। सेफहरूले लक्ष्मीपूजाको पूर्वसन्ध्यामा देउसीसमेत खेलेका थिए।

देउसीमार्फत उनीहरूले नेपाली परम्पराको निरन्तरता र पर्यटन क्षेत्रमा पछिल्ला दिनहरूमा देखिएका समस्या समाधान हुनुपर्ने विचार अभिव्यक्त गरेका थिए। अक्टोबर २० अर्थात् आज अन्तर्राष्ट्रिय सेफ दिवससमेत मनाइएको छ।

प्रकाशित: ३ कार्तिक २०८२ १९:४३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast