
काठमाडौँ- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री डा.महावीर पुनले प्रधानमन्त्रीलाई नै कुलपति बनाउने व्यवस्था हटाउनुपर्ने बताएका छन्।
सोमबार केशरमहलस्थित शिक्षा मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री डा.पुनले प्रधानमन्त्री विश्वविद्यालयको कुलपति हुँदा राजनीतिक हस्तक्षेप हुने गरेको भन्दै उक्त व्यवस्था अन्त्य गर्नुपर्ने बताए।
‘अब प्रधानमन्त्री कुलपति नहुने व्यवस्था गर्नुपर्छ भन्ने विषयमा छलफल भइरहेको छ,’ मन्त्री पुनले भने। त्यसैगरी, मन्त्री डा.पुनले विश्वविद्यालयलाई सुधार गर्न कुलपतिहरूसँग छलफल भइरहेको पनि बताए।
‘विश्वविद्यालय अनुदान आयोगअन्तर्गतका कुलपतिहरूसँग छलफल भइरहेको छ। विश्वविद्यालयलाई सुधार गर्न राजनीतिक हस्तक्षेप समाप्त गर्नुपर्ने सुझाव आएको छ,’ उनले भने।
प्रकाशित: ३ कार्तिक २०८२ १५:०१
प्रतिक्रिया