‘विविधतामा एकता’को भावनालाई चरितार्थ गर्ने पर्व तिहार हो : उपराष्ट्रपति

हिमाल प्रेस ३ कार्तिक २०८२ ६:४३
6
SHARES
‘विविधतामा एकता’को भावनालाई चरितार्थ गर्ने पर्व तिहार हो : उपराष्ट्रपति

काठमाडौँ- उपराष्ट्रपति रामसहायप्रसाद यादवले नेपालको ‘विविधतामा एकता’ को भावनालाई चरितार्थ गर्ने तिहार पर्वले विभिन्न क्षेत्र, वर्ग र समुदायमाझ परस्पर विश्वास, सद्भाव र भाइचाराको सम्बन्धलाई थप प्रगाढ बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् ।

उनले सोमबार (आज) आस्था र उल्लासको पर्व तिहार (शुभ दीपावली), २०८२ को पावन अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि र सु–स्वास्थ्यको लागि शुभकामना व्यक्त गर्दै सो विश्वास व्यक्त गरेका हुन् ।

उपराष्ट्रपति यादवले भनेका छन्,‘शुभ दीपावलीले हाम्रो मन, वचन र कर्मप्रतिको पवित्र भावनाहरू आत्मसात् गर्न सहयोग पुगोस्, सम्पूर्ण नेपाली एकताबद्ध भई राष्ट्रिय एकता, अखण्डता, सार्वभौमसत्ता र राष्ट्रियतालाई मजबुत बनाउनका लागि यसले उत्प्रेरित गर्न सकोस्।’ तिहार पर्वको उज्यालोले हाम्रा मनका सम्पूर्ण रिस, राग, वैमनस्यता र द्वेषलाई बिर्सिएर मेलमिलाप र खुसीयालीको वातावरण सिर्जना हुने उनको भनाइ छ ।

समग्रमा पाँच दिनसम्म मनाइने यो पर्वको माध्यमबाट हामीलाई सामूहिकता र एकताको भावनाले बाँधिएको एक सुदृढ समाज निर्माणको प्रेरणा प्राप्त हुने शुभकामना सन्देशमा उल्लेख छ।

प्रकाशित: ३ कार्तिक २०८२ ६:४३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + 18 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast