७० वर्षमाथिका वृद्धवृद्धालाई हवाई टिकटमा ५० प्रतिशत छुट

हिमाल प्रेस २ कार्तिक २०८२ १६:३०
10
SHARES
७० वर्षमाथिका वृद्धवृद्धालाई हवाई टिकटमा ५० प्रतिशत छुट

काठमाडौँ- ७० वर्षभन्दा माथि उमेर समूहका जेष्ठ नागरिकलाई हवाई टिकटमा ५० प्रतिशत सहुलियत दिइने भएको छ। नागरिक उड्डयन प्राधिकरणका अधिकारी, वायुसेवा सञ्चालक संघ र नेपालका आन्तरिक वायुसेवा सञ्चालक कम्पनीहरुका प्रतिनिधिबीच आइतबार उक्त सहमति भएको हो।

यसैगरी हवाई टिकटमा ७५ वर्षभन्दा माथि उमेर समूहका जेष्ठ नागरिकलाई ७० प्रतिशत र ८० वर्ष भन्दा माथि उमेर समूहका जेष्ठ नागरिकलाई ८० प्रतिशत छुट व्यवस्था गरिने सहमति भएको छ।

‘जुनसुकै उमेर समूहका फरक क्षमता भएका हवाई यात्रुहरुको सन्दर्भमा समेत न्यूनतम ५० प्रतिशत छुट सुनिश्चित हुने गरी व्यवस्था गर्ने’, सहमति भएको प्राधिकरणले जनाएको छ। ‘सहमति भएअनुरुपका विषयहरुलाई आजैका मितिबाट कार्यान्वयन गर्नुहुन समेत सम्बद्ध सम्पूर्ण वायुसेवा कम्पनीहरुलाई निर्देशन दिइन्छ’, प्राधिकरणले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: २ कार्तिक २०८२ १६:३०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven − 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast