तिहार मनाउन ६ लाख मानिसले उपत्यका छोड्ने

हिमाल प्रेस २ कार्तिक २०८२ १३:१५
10
SHARES
तिहार मनाउन ६ लाख मानिसले उपत्यका छोड्ने

काठमाडौँ- शनिबारदेखि सुरु भएको तिहारका लागि करिब ६ लाख मानिसहरू काठमाडौँ उपत्यकाबाट बाहिरिने अनुमान गरिएको छ। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले यसपटक तिहारको बिदा लामो भएका कारण उपत्यका छोड्नेको संख्या बढ्ने अनुमान रहेको जनाएको हो।

महासंघका अध्यक्ष विजयबहादुर स्वाँरले तिहारमा बाहिरिनेका लागि सहज रूपमा यातायात व्यवस्थापन हुने जानकारी दिए। ‘यसपटक दसैँका समयमा कतिपयले भारी वर्षाका कारण सास्ती बेहोर्नु पर्‍यो, तर तिहारको समयमा राजमार्ग सुधार भइसकेका छन्। अब सास्ती बेहोर्नु पर्ने छैन’, उनले भने।

सडक विभागका सूचना अधिकारी शुभाञ्जन दाहालले पनि देशभरका मुख्य राजमार्ग सुधार भइसकेकाले तिहार मनाउन टाढा जानेहरूले समस्या भोग्नु नपर्ने बताए।

‘दसैँको समयमा बाढीपहिरोका कारण क्षतिग्रस्त राजमार्गमध्ये मेची राजमागस्थित माईखोला खुल्न बाँकी थियो। शनिबारबाट त्यो पनि सञ्चालनमा आइसकेको छ। अब राष्ट्रिय राजमार्गमा समस्या छैन’, उनले भने,‘कुनै कारणले वा सुक्खा पहिरो खसेर राजमार्ग अवरुद्ध हुने अवस्था आएमा पनि तत्काल सडक सञ्चालन गर्न हामी तयारी अवस्थामा छौँ।’

प्रकाशित: २ कार्तिक २०८२ १३:१५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + fourteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast