तिहारको मौसम : कुन दिन कस्तो रहला?

हिमाल प्रेस १ कार्तिक २०८२ २०:२९
24
SHARES
तिहारको मौसम : कुन दिन कस्तो रहला?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले यस वर्षको तिहार अवधिका लागि विशेष मौसम बुलेटिन जारी गरेको छ । जसअनुसार तिहार अवधिमा पश्चिमी वायुको सामान्य प्रभाव रहने र देशका केही पहाडी र हिमाली भू–भागमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको जनाएको छ।

शनिबार साँझ ६ बजे जारी बुलेटिनअनुसार तिहारको समयमा उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेपनि पश्चिमी वायुको कारणले देशका पहाडी क्षेत्रहरूमा आंशिकदेखि साधारण बदली रहने र कतिपय स्थानमा फाटफुट वर्षा हुने देखिएको उल्लेख छ। उच्च हिमाली क्षेत्रमा भने हल्का हिमपात हुन सक्ने पूर्वानुमान गरिएको छ।

लक्ष्मी पूजाका दिन कार्तिक ३ गते देशका अधिकांश भूभागमा मौसम सफा रहने भए पनि कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।

कार्तिक ४ गते अर्थात् औंसीको दिन पनि देशका पहाडी भूभागमा आंशिक बदली रहने र कोशी, गण्डकी तथा कर्णालीका पहाडी क्षेत्रमा फाटफुट वर्षा हुने सम्भावना छ।

गोवर्धन पूजाको दिन कार्तिक ५ गते भने पहाडी भूभागमा आंशिकदेखि साधारण बदली रहने र कोशी तथा कर्णालीका उच्च पहाडी र हिमाली क्षेत्रमा हल्का वर्षा वा हिमपात हुन सक्ने विभागको भनाइ छ।

भाइटीकाको दिन कार्तिक ६ गते कोशी र मधेश प्रदेशलगायत देशका अन्य पहाडी क्षेत्रमा आंशिकदेखि साधारण बदली रहने र सबै प्रदेशका पहाडी भूभागका केही स्थानमा हल्का वर्षा हुने अनुमान गरिएको छ। उच्च पहाडी र हिमाली क्षेत्रका केही ठाउँमा हल्का हिमपातको सम्भावना पनि रहेको बुलेटिनमा उल्लेख छ।

प्रकाशित: १ कार्तिक २०८२ २०:२९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast