निवृत्त प्राध्यापक एकजुट, अध्यक्षमा कृष्णप्रसाद

हिमाल प्रेस १ कार्तिक २०८२ १९:४२
8
SHARES
निवृत्त प्राध्यापक एकजुट, अध्यक्षमा कृष्णप्रसाद

पोखरा- निवृत्त प्राध्यापक समाज पोखराको प्रथम अधिवेशनले कृष्णप्रसाद पौडेलको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ।

उपाध्यक्षमा प्रा. पद्मशरण रेग्मी, सचिवमा प्रा.डा. ज्ञानबहादुर कार्की, सहसचिवमा निरूपा थापा, कोषाध्यक्षमा चन्द्रकान्त रेग्मी चयन भए। सदस्यमा प्रा.डा. कृष्णप्रसाद पौडेल, विष्णुराज पराजुली, हरिप्रसाद त्रिपाठी, प्राध्यापक दीपकचन्द्र वाग्ले, अञ्जना श्रेष्ठ र लोकनाथ पुडासैनी छन्।

सभाको उद्घाटन गर्दै पोखरा विश्वविद्यालयका उपकुलपति प्रा.डा. वेदराज केसीले पछिल्लो समय विद्यार्थी पलायनको पीडाले हरेक विश्वविद्यालय आक्रान्त बनेको बताए।

समारोहमा सेवा निवृत्त प्राध्यापकहरू पद्मशरण रेग्मी, बालगोपाल अमात्य, रघुनाथ अधिकारी, गोविन्द पौडेल, उमाकान्त शर्मा, अञ्जना शर्मालगायतले बोलेका थिए।

समाजको कोष स्थापनाका लागि एक लाख बढी सहयोग गर्ने जोर्ज जोन र ५५ हजार सहयोग गर्ने बालगोपाल अमात्यलाई सम्मान गरिएको थियो।

प्रकाशित: १ कार्तिक २०८२ १९:४२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast