
काठमाडौँ– यूएईमा हुने आइसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत यूएईमा हुने सिरिजका लागि नेपाली टोलीको घोषणा गरिएको छ ।
यूएई र अमेरिकासँगको सिरिजका लागि नेपाल क्रिकेट संघ क्यानले रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय नेपाली टोलीको घोषणा गरेको हो ।
टी–२० विश्वकप छनोट खेल्ने टोलीमा रहेका आदिल आलम, सन्दीप जोरा र लोकेश बम लिग–२ सिरिजमा परेका छैनन् ।
उनीहरुको ठाउँमा भीम सार्की, अनिल शाह र शाहब आलम टोलीमा समेटिएका छन् । लिग–२ को सिरिज अक्टुबर २६ देखि नोभेम्बर ५ सम्म हुनेछ ।
प्रकाशित: १ कार्तिक २०८२ १९:४१
प्रतिक्रिया