दुई थान भरुवा बन्दुकसहित मकवानपुरमा एक जना पक्राउ

हिमाल प्रेस १ कार्तिक २०८२ १८:२०
14
SHARES
दुई थान भरुवा बन्दुकसहित मकवानपुरमा एक जना पक्राउ

काठमाडौँ– मकवानपुरको मनहरी गाउँपालिका-६ हाङ्गलम बस्ने ४७ वर्षीय गोपीराम प्रजा भरुवा बन्दुक २ थानसहित पक्राउ परेका छन् ।

उनको साथबाट अवैध लागूऔषध गाँजा करिब २ किलोग्राम र जनावरको जस्तो देखिने हड्डीको टुक्रा ९ थान समेत बरामद भएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय मनहरी र प्रहरी चौकी सुनाचुरीबाट खटिएको प्रहरीले प्रजाको घर नजिकै करेसा बारीमा रहेको कर्कलो घारीमा लुकाई छिपाई राखेको उक्त बन्दुक तथा लागूऔषध फेला पारी पक्राउ गरेको हो ।

प्रकाशित: १ कार्तिक २०८२ १८:२०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast