सुशीला कार्की चुनाव गराउन उद्यत छैनन्, ओली माहोल भाँड्दैछन् : प्रभु साह

हिमाल प्रेस १ कार्तिक २०८२ १७:०७
10
SHARES
सुशीला कार्की चुनाव गराउन उद्यत छैनन्, ओली माहोल भाँड्दैछन् : प्रभु साह

विराटनगर- आमजनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले प्रधानमन्त्री सुशीला कार्की चुनाव गराउने दिशामा नभएर देशलाई दिशाहीन गन्तव्यमा पुर्याउन उद्धत रहेको आरोप लगाएका छन् । वर्तमान सरकारको हुती हेरेर नै भदौ २३ गते जेनजी आन्दोलनको क्रममा युवाहरूको नरसंहारमा उत्रिएका केपी ओलीजस्ता अधिनायकवादी शासकहरूले अहिले टाउको उठाउन थालेको उनको दाबी छ ।

विराटनगरमा आज (शनिबार) आयोजित कोशी प्रदेशको विस्तारित बैठकलाई सम्बोधन गर्दै अध्यक्ष साहले वर्तमान सरकारले देशलाई निकास दिन नसक्ने सङ्केत देखिएको भन्दै निर्णायक सङ्घर्षमा होमिनको लागि न्याय प्रेमी, देशभक्त र क्रान्तिकारी शक्तिहरूलाई अपिल गरेका छन्।

उनले वर्तमान सरकार फागुन २१ गते प्रतिनिधिसभाको चुनाव गराउनको लागि बनाइएको भए पनि अहिले सरकारले जथाभाबी हात हाल्न थालेको भन्दै त्यसको उपज राजदूतहरू अकारण फिर्ता बोलाइएकोमा आक्रोश पोखे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + thirteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast