जसपा नेपालको कर्णाली अधिवेशन आज

हिमाल प्रेस १ कार्तिक २०८२ १०:०९
6
SHARES
जसपा नेपालको कर्णाली अधिवेशन आज

काठमाडौँ- जनता समाजवादी पार्टी (जसपा) नेपाल प्रदेश समितिको अधिवेशनमा जुटेको छ । पार्टीले दुइवटा प्रदेश समितिको अधिवेशन गरेको छ भने आज सुर्खेतको वीरेन्द्रनगरमा कर्णाली प्रदेश समितिको अधिवेशन गर्न लागेको पार्टी प्रचार विभागले जनाएको छ ।

पार्टीका महासचिव रामकुमार शर्माले कर्णाली प्रदेश समितिको अधिवेशनको उद्घाटन गर्ने कार्यक्रम रहेको बताइएको छ । जसपा नेपालले कोशी प्रदेश समिति र मधेस प्रदेश समितिको अधिवेशन सम्पन्न गरेको छ ।

कोशी प्रदेश समितिको अधिवेशनबाट दीपक याक्खाको अध्यक्षतामा प्रदेश कार्यसमिति निर्वाचित भएको छ । प्रदेश समितिको उपाध्यक्षमा अनील ठाकुर, हस्तशोधा राई विष्णुकुमार लावती मुख्यसचिवमा घनश्याम कटुवाल सचिवहरूमा आइत चेम्जोङ, मनोज यादव, दीपेन्द्र रुम्दाली र कोषाध्यक्षमा केशव जवेगू निर्वाचित भएका छन् ।

त्यसैगरी मधेस प्रदेश समितिको अधिवेशनबाट अध्यक्षमा बालकिशोर प्रसाद यादव, मुख्य सचिवमा ज्ञानेन्द्र यादव र कोषाध्यक्षमा विष्णु साह निर्विरोध निर्वाचित भएका छन् । बाँकी पदाधिकारी र सदस्यहरू निर्वाचित हुने प्रक्रियामा रहेको बताइएको छ ।

जसपा नेपालको लुम्बिनी प्रदेश समितिले अधिवेशनको कार्यतालिका सार्वजनिक गरेको छ । लुम्बिनी प्रदेश समितिले कार्तिक २९ र ३० गते भैरहवामा प्रदेश अधिवेशन गर्ने निर्णय गरेको छ ।

जसपा नेपालका बाँकी प्रदेश समितिले अधिवेशनको तयारी गरिरहेको बताइएको छ ।

प्रकाशित: १ कार्तिक २०८२ १०:०९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast