कस्तो आजको विदेशी मुद्राको विनिमय दर?

हिमाल प्रेस १ कार्तिक २०८२ ७:२५
14
SHARES
कस्तो आजको विदेशी मुद्राको विनिमय दर?

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलरको मूल्य बढेको छ । अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ ४७ पैसा र बिक्रीदर १४१ रुपैयाँ ०७ पैसा निर्धारण गरिएको छ ।

युरोपियन युरो एकको खरिददर १६४ रुपैयाँ १५ पैसा र बिक्रीदर १६४ रुपैयाँ ८५ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिद दर १८८ रुपैयाँ ७३ पैसा र बिक्रीदर १८९ रुपैयाँ ५३ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७७ रुपैयाँ ४१ पैसा र बिक्रीदर १७८ रुपैयाँ १६ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ १९ पैसा र बिक्रीदर ९१ रुपैयाँ ५८ पैसा, क्यानेडियन डलर एकको खरिददर १०० रुपैयाँ ११ पैसा र बिक्रीदर १०० रुपैयाँ ५४ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०८ रुपैयाँ ५२ पैसा र बिक्रीदर १०८ रुपैयाँ ९८ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ ३५ पैसा र बिक्रीदर नौ रुपैयाँ ३९ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ ७२ पैसा र बिक्रीदर १९ रुपैयाँ ८० पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपैयाँ ४५ पैसा र बिक्रीदर ३७ रुपैयाँ ६१ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपैयाँ ५४ पैसा र बिक्रीदर ३८ रुपैयाँ ७० पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ३० पैसा र बिक्रीदर चार रुपैयाँ ३१ पैसा, युएई दिराम एकको खरिददर ३८ रुपैयाँ २४ पैसा र बिक्रीदर ३८ रुपैयाँ ४१ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३३ रुपैयाँ २४ पैसा र बिक्रीदर ३३ रुपैयाँ ३८ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रुपैयाँ ८९ पैसा र बिक्रीदर नौ रुपैयाँ ९४ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ ८६ पैसा र बिक्रीदर १४ रुपैयाँ ९२ पैसा र डेनिस क्रोनर एकको खरिददर २१ रुपैयाँ ९८ पैसा र बिक्रीदर २२ रुपैयाँ ०७ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रुपैयाँ ०८ पैसा र बिक्रीदर १८ रुपैयाँ १६ पैसा, कुवेती दिनार एकको खरिददर ४५९ रुपैयाँ ३८ पैसा र बिक्रीदर ४६१ रुपैयाँ ३४ पैसा, बहराइन दिनार एकको खरिददर ३७२ रुपैयाँ ६२ पैसा र बिक्रीदर ३७४ रुपैयाँ २२ पैसा, ओमनी रियाल एकको खरिददर ३६४ रुपैयाँ ८४ पैसा र बिक्रीदर ३६६ रुपैयाँ ४० पैसा रहेको छ । भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।

प्रकाशित: १ कार्तिक २०८२ ७:२५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + 16 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast