जेनजी आन्दोलनमा मृत्यु हुने ७६ मध्ये २२ जना मात्रै प्रदर्शनकारी

हिमाल प्रेस ३१ असोज २०८२ १७:१२
44
SHARES
जेनजी आन्दोलनमा मृत्यु हुने ७६ मध्ये २२ जना मात्रै प्रदर्शनकारी जेनजी पुस्ताले भदौ २३ गते काठमाडौँमा आयोजना गरेको सरकारविरोधी प्रदर्शन। फाइल तस्बिर

काठमाडौँ- जेनजी आन्दोलनका क्रममा मृत्यु हुनेहरूमध्ये २२ जना मात्रै प्रदर्शनकारी भएको नेपाली सेनाले जनाएको छ। भदौ २३ र २४ गते भएको प्रदर्शनका क्रममा ७६ जनाको मृत्यु भएको थियो।

सेनाले शुक्रबार पत्रकार सम्मेलन गर्दै मृत्यु हुनेहरूमा प्रदर्शनकारी २२ जना, तीन जना प्रहरी, १० जना कैदी र ४१ जना अन्य रहेको जनाएको हो।

सेनाका अनुसार प्रदर्शनका क्रममा ६८८ सरकारी कार्यालय, २५९ निजी निवास, १२८ व्यापारिक प्रतिष्ठान, १९८ राजनीतिक दलका पार्टी कार्यालय र ३०७ प्रहरी कार्यालयमा आगजनी तथा तोडफोड भएको छ।

प्रदर्शनका क्रममा देशभरका विभिन्न कारागारबाट १५ हजार ५८८ जना कैदीबन्दी फरार भएकोमा हालसम्म ८ हजार ७९९ जना पक्राउ/फिर्ता भएको सेनाको भनाइ छ।

सेनाका अनुसार ९७८ थान हतियार लुटिएको/हराएकोमा ५८६ थान बरामद/फिर्ता भएको छ।

प्रकाशित: ३१ असोज २०८२ १७:१२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six − three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast