
काठमाडौँ- कात्तिकको पहिलो शनिबार। आज धनतेरसको दिन। यस वर्षको तिहारको चहलपहल सुरु हुन थालेको छ। गाउँ तथा सहरका घरमा बल्ने झिलीमिली बत्तीले तिहारको आभास् गराउँछ। कोही दसैँ मनाइसकेर सहर पसेका छन् भने कोही गाउँमै रमाइरहेका छन्। यसबीच सधैँझैँ केही समय यता हामीले साताको प्रत्येक शनिबार उपत्यकामा हुने र भइरहेका मनोरञ्जनात्मक गतिविधिहरूको विवरण संकलन गरेका छौँ।
जो उपत्यकामै हुनुहुन्छ, उहाँहरूको लागि बिदाको दिन सदुपयोग गर्दै केही सिक्ने र बुझ्ने मौका मिल्न सक्छ।
समग्रमा यो साता पुष्पमेला, ट्याटु प्रदर्शनीसहित हलमा नेपाली र हिन्दी फिल्म प्रदर्शन भइरहेको छ।
हेरौं, यो साता कहाँ के के हुँदैछ
ललितकला प्रज्ञा प्रतिष्ठानमा ट्याटु प्रदर्शनी
नक्सालस्थित ललितकला प्रज्ञा प्रतिष्ठान (नाफा)मा असोज ३१ देखि ‘यात्रा ट्याटु प्रदर्शनी तथा कला कार्यशाला’ चलिरहेको छ। प्रदर्शनीमा ९२ वटा ट्याटुको फोटो राखिएको छ। जसमा नेपाली कलाकारले मानिसको शरीरमा बनाएको ७२ वटा छन् भने सिंगापुर, थाइल्यान्ड, भारत, भियतनाम, स्विटजरल्यान्ड, ग्रिस, युएसए, मलेसिया र अस्ट्रियाका कलाकारको २० ओटा तस्बिर छन्। कार्तिक १४ गतेसम्म चल्ने प्रदर्शनीमा प्रवेश निःशुल्क छ। प्रदर्शनी नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठान र हिमालयन ट्याटु समिटको संयुक्त आयोजना गरेको हो।
ललितपुरमा १८औँ गोदावरी फूल प्रतियोगितात्मक प्रदर्शनी
ललितपुरमा असोज २९ देखि १८औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी-२०८२ चलिरहेको छ। प्रतियोगितामा विभिन्न प्रकारका फूलहरूको ९० वटा स्टल छन्। फ्लोरिकल्चर एसोसिएसन नेपालको आयोजनामा सुरु भएको प्रदर्शनी कात्तिक २ सम्म चल्नेछ। प्रदर्शनीमा जेष्ठ नागरिकको लागि निःशुल्क छ। अन्यमा सामान्य मानिसका लागि रु. एक सय, विद्यार्थीका लागि रु. ५० रुपैयाँ तोकिएको छ।
भृकुटीमण्डपमा तेस्रो तिहार फ्लोरा एक्स्पो-२०८२
भृकुटीमण्डपमा असोज २८ देखि तेस्रो तिहार फ्लोरा एक्स्पो-२०८२ प्रदर्शन भइरहेको छ। नर्सरी व्यवसायी संघ नेपालले आयोजना गरेको प्रदर्शनीको आज अन्तिम दिन हो। तिहारलक्षित प्रदर्शनीमा सयपत्री, गोदावरी, मखमली लगायत एक सय ५० भन्दा बढी प्रजातिका फूलसहित कृषि औजार, मलखाद, ग्राफ्ट र ननग्राफ्ट फलफूललगायत राखिएका छन्। ७० स्टल रहेको प्रदर्शनीमा ६२ वटा व्यावसायिक, ४ वटा अफिसियल र ४ वटा प्रतिस्पर्धात्मक स्टल छन्।
हलमा चार नेपालीसहित एक हिन्दी फिल्म
जेरी अन टप
असोज ३१ देखि हलमा नेपाली फिल्म ‘जेरी अन टप’ प्रदर्शन भइरहेको छ। फिल्ममा प्रेम कथासहित हिमाल आरोहण गर्नेको कथा समेटिएको छ। फिल्ममा अनमोल केसी, जसिता गुरुङ र आँचल शर्मा मुख्य भूमिकामा छन्। फिल्मका निर्देशक सुयोग गुरुङ हुन्।
क्युएफएक्स सिनेमाअन्तर्गत शनिबार उपत्यकाको राइजिङ मल, सिभिल मल, दरबार सिनेम्याक्स, सिटी स्क्वायर मल, छाया सेन्टर, भाटभटेनी भक्तपुरमा फिल्मको २९ सो छ। वान सिनेमाज अन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, आइएनआई सिनेमा अन्तर्गत लोत्से मल, विश्वज्योति मल र एनबी सेन्टर, बिग मुभिज, बिएसआर मुभिज, एफक्युब सिनेमाज, रञ्जना सिनेप्लेक्स, कीर्तिपुर सिनेप्लेक्स, अष्टनारायण हलमा फिल्म ‘जेरी अन टप’ चलिरहेको छ।
कान्ताराः अ लेजेन्ड च्याप्टर वान
बलिउड फिल्म ‘कान्ताराः अ लेजेन्ड च्याप्टर वान’ असोज १६ देखि नेपालमा प्रदर्शन भइरहेको छ। फिल्मका लेखक तथा निर्देशक ऋषभ शेट्टी हुन्। उनकै मुख्य भूमिका रहेको फिल्मको कथा पाँच हजार वर्षभन्दा पुरानो किंवदन्तीहरूमा आधारित छ। यो फिल्म सन् २०२२ मा प्रदर्शन भएको ‘कान्तारा’ प्रिक्वेल हो। फिल्ममा निर्देशक शेट्टीसहित सप्तमी गौडा, श्रीराम रेड्डी, पोलासने, रुक्मिणी वसन्त, जयराम, गुलसन देवैयालगायत कलाकारको अभिनय छ।
क्युएफएक्स सिनेमाअन्तर्गत शनिबार उपत्यकाको राइजिङ मल, सिटी स्क्वायर मल, भाटभटेनी भक्तपुर, छाया सेन्ट लबिम मल, सिभिल मल र र, दरबार सिनेम्याक्समा फिल्मको ३२ सो छ। वान सिनेमाज अन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, आइएनआई सिनेमा अन्तर्गत लोत्से मल, विश्वज्योति मल र एनबी सेन्टर, एफक्युब सिनेमाज, बिएसआर मुभिज, रञ्जना सिनेप्लेक्स, बिग मुभिज, कीर्तिपुर सिनेप्लेक्समा फिल्म चलिरहेको छ।
बलिदान
फिल्म ‘बलिदान’ असोज १३ देखि नै हलमा चलिरहेको छ। समीर भट्टको मुख्य भूमिका रहेको फिल्मका निर्देशक सन्तोष सेन हुन्। फिल्ममा अन्य कलाकार सौगात मल्ल, अर्पण थापा, ऋचा शर्मा, हेमन्त बुढाथोकी लगायत कलाकारको अभिनय छ।
क्युएफएक्स सिनेमाअन्तर्गत शनिबार उपत्यकाको भाटभटेनी भक्तपुर, सिभिल मल, लबिम मल र सिटी स्क्वायर मलमा फिल्मको सो छ। वान सिनेमाज अन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, आइएनआई सिनेमा अन्तर्गत विश्वज्योति मल, बिएसआर मुभिज, बिग मुभिज, एफक्युब सिनेमाज, रञ्जना सिनेप्लेक्स, कीर्तिपुर सिनेप्लेक्स फिल्म ‘बलिदान चलिरहेको अन्य हल हुन्।
हरिबहादुरको जुत्ता
असोज १३ देखि नै फिल्म ‘हरिबहादुरको जुत्ता हलमा प्रदर्शनरत छ। दीपेन्द्र के खनाल निर्देशित फिल्ममा हरिवंश आचार्य, स्वस्तिमा खड्का, प्रकाश सपुत, प्रियंका कार्की, हरिहर शर्मा, दिनेश काफ्लेलगायत कलाकारको अभिनय छ।
क्युएफएक्स सिनेमाअन्तर्गत शनिबार उपत्यकाको छाया सेन्टर, भाटभटेनी भक्तपुर, सिभिल मल, लबिम मल र सिटी स्क्वायर मलमा फिल्मको सो छ। आइएनआई सिनेमा अन्तर्गत लोत्से मल, विश्वज्योति मल र एनबी सेन्टर, वान सिनेमाज अन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, एफक्युब सिनेमाज, बिएसआर मुभिज, रञ्जना सिनेप्लेक्स, बिग मुभिज, कीर्तिपुर सिनेप्लेक्समा फिल्म प्रदर्शनरत छ।
माइतीघर
फिल्म ‘माइतीघर’ असोज १३ देखि प्रदर्शन भइरहेको छ। पारिवारिक कथामा बनेको फिल्मका निर्देशक मिलन तामाङ हुन्। फिल्ममा केदार घिमिरे, धीरज मगर, उपासना सिंह ठकुरी, बुद्धि तामाङ, प्रकाश सपुतलगायत कलाकारको अभिनय छ।
क्युएफएक्स सिनेमाअन्तर्गत शनिबार उपत्यकाको भाटभटेनी भक्तपुर, सिभिल मल, लबिम मल र सिटी स्क्वायर मलमा फिल्मको सो छ। वान सिनेमाज अन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, आइएनआई सिनेमा अन्तर्गत लोत्से मल, विश्वज्योति मल र एनबी सेन्टर, बिएसआर मुभिज, एफक्युब सिनेमाज, बिग मुभिज, रञ्जना सिनेप्लेक्स, कीर्तिपुर सिनेप्लेक्स फिल्म ‘माइतीघर’ चलिरहेको अन्य हल हुन्।
ट्रोन एरेस
हलिउड फिल्म ‘ट्रोन एरेस’ असोज २४ देखि नेपालमा प्रदर्शन भइरहेको छ। डिजिटल संसार र वास्तविक संसारबीचको द्वन्द्वको कथामा आधारित फिल्मका निर्देशक जाओकिम रोनिङ हुन्। फिल्ममा जारेड लेटो, ग्रेटा ली, इभान पिटर्स, हसन मिन्हज, जोडी टर्नर स्मिथ, आर्टुरो क्यास्ट्रो, क्यामरून मोनाघन लगायत कलाकारको अभिनय छ। फिल्म एक्सन र एडभेञ्चर जनरामा बनेको छ।
क्युएफएक्स सिनेमाअन्तर्गत शनिबार उपत्यकाको छाया सेन्टरमा फिल्मको एक सो छ।
द कन्जुरिङः लास्ट राइट्स
हलिउड फिल्म ‘द कन्जुरिङः लास्ट राइट्स’ भदौ २० देखि नै नेपालमा प्रदर्शन भइरहेको छ। थ्रिलर र हरर जनरामा बनेको फिल्मका निर्देशक माइकल चाभेस हुन्। फिल्ममा भेरा फार्मिगा, प्याट्रिक विल्सन म्याडिसन ललरलगायत कलाकारको अभिनय छ।
क्युएफएक्स सिनेमाअन्तर्गत शनिबार उपत्यकाको राइजिङ मलमा फिल्मको एक सो छ।