प्रविधिको प्रभावले अपराध अनुसन्धानमा चुनौती थपियो : गृहमन्त्री अर्याल

हिमाल प्रेस ३१ असोज २०८२ १४:०४
12
SHARES
प्रविधिको प्रभावले अपराध अनुसन्धानमा चुनौती थपियो : गृहमन्त्री अर्याल

काठमाडौँ- गृहमन्त्री ओमप्रकाश अर्यालले नेपाल प्रहरीलाई समयानुकूल परिस्कृत गर्दै लैजानुपर्ने बताएका छन्। आज आयोजित ७०औँ प्रहरी दिवस एवम् अमर प्रहरीप्रति श्रद्धाञ्जली कार्यक्रममा उनले प्रविधिको बढ्दो प्रभावसँगै अपराध अनुसन्धानमा समेत चुनौती थपिँदै गएकाले प्रहरीलाई समयानुकूल परिस्कृत गर्दै लैजानुपर्ने बताएका हुन्।

गृहमन्त्री अर्यालले नेपाल प्रहरीलाई पर्याप्त स्रोतसाधन उपलब्ध गराई मुलुकभित्रको आन्तरिक सुरक्षालाई थप मजबुद बनाउन गृह मन्त्रालयको प्रमुख दायित्व रहेकाले सोहीअनुसार काम गरिरहेको बताए।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि स्रोतसाधनको अभाव हुन नदिन सरकार सजग रहेको पनि उनको भनाइ थियो। गृहमन्त्री अर्यालले नेपाल प्रहरी कानुन कार्यान्वयनमा अग्रपङ्क्तिमा रहने र सरकारप्रतिको धारणा तथा प्रतिक्रिया अभिव्यक्त गर्दा निशानामा पर्ने भन्दै गत भदौ २३ र २४ गतेको विरोध प्रदर्शन यसैको प्रतिबिम्ब भएको धारणा राखे।

जेनजी प्रदर्शनका क्रममा प्रहरीका सांगठनिक, व्यक्तिगत सामान लुटपाट तथा आगजनी भएकाले स्रोतसाधनको अभाव भई यसको प्रत्यक्ष असर आमनागरिकमा समेत पर्दै गएको उनको भनाइ थियो। ‘न्यून साधनस्रोतबाट कार्यसम्पादन गर्दै आइरहेको नेपाल प्रहरीलाई उक्त आन्दोलनले निकै ठूलो क्षति पुर्याएको छ। त्यसबाट सम्हालिँदै अगाडि बढ्नुपर्छ,उच्च मनोबलका साथ प्रभावकारी कार्यसम्पादन गर्दै निष्पक्ष अनुसन्धानले पीडितलाई न्याय दिन प्रहरी लाग्नुपर्ने आवश्यकता छ’, अर्यालले भने।

प्रकाशित: ३१ असोज २०८२ १४:०४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast