एमाले केन्द्रीय कमिटी बैठक सुरु, अध्यक्ष ओलीले जबाफ दिँदै

हिमाल प्रेस ३१ असोज २०८२ ९:२६
10
SHARES
एमाले केन्द्रीय कमिटी बैठक सुरु, अध्यक्ष ओलीले जबाफ दिँदै

काठमाडौँ- नेकपा एमालेको केन्द्रीय कमिटी बैठक तेस्रो दिन ललितपुरको जावलाखेलमा जारी छ। आजको बैठकमा नेताहरूले अध्यक्ष केपी शर्मा ओलीले बुधबार प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि आफ्ना धारणा राख्न थालेका छन्।

पार्टी प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार बुधबार र बिहीबार गरी दुई दिनमा १९७ जना केन्द्रीय सदस्यले आफ्नो विचार र सुझाव प्रस्तुत गरिसकेका छन्। पहिलो दिन बुधबार ५० जना र दोस्रो दिन बिहीबार १४७ जना केन्द्रीय सदस्यले धारणा राखेका थिए।

बैठकमा प्रत्येक सदस्यलाई तीन मिनेटको समय दिइएको छ। आजको बैठकमा पदाधिकारीहरूले पनि आफ्ना धारणा राख्ने कार्यक्रम रहेको गौतमले जानकारी दिए।

बैठकमा पदाधिकारीहरूको विचार सुनेपछि अध्यक्ष ओलीले केन्द्रीय सदस्यहरूले उठाएका सुझाव र जिज्ञासाको समग्र जबाफ दिएर बैठक समापन गर्ने तयारी गरिएको उनको भनाइ छ।

एमाले केन्द्रीय कमिटी बैठक आज सकिँदै, ओलीको राजीनामा माग्दै विद्याको पक्षमा खुले नेताहरू

प्रकाशित: ३१ असोज २०८२ ९:२६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast