कूटनीतिक नियोगका प्रमुखहरूसँग छलफल गर्दै प्रधानमन्त्री कार्की

हिमाल प्रेस ३१ असोज २०८२ ८:०३
10
SHARES
कूटनीतिक नियोगका प्रमुखहरूसँग छलफल गर्दै प्रधानमन्त्री कार्की प्रधानमन्त्री सुशीला कार्की।

काठमाडौँ- प्रधानमन्त्री सुशीला कार्कीले आज नेपालस्थित २६ वटा कूटनीतिक नियोगका प्रमुखलाई सिंहदरबारमा बोलाएर देशको वर्तमान राजनीतिक अवस्थाबारे जानकारी दिने भएकी छन्।

परराष्ट्र मन्त्रालयका स्रोतका अनुसार दिउँसो साढे २ बजे सिंहदरबारमा हुने उक्त बैठकमा प्रधानमन्त्री कार्कीले समसामयिक राजनीतिक अवस्था, आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन, सरकारका प्राथमिकता, लगानी र पर्यटन प्रवर्द्धनका योजनाबारे ‘ब्रिफिङ’ गर्ने तयारी गरेकी छन्।

स्रोतका भनाइमा प्रधानमन्त्रीले कूटनीतिक समुदायलाई निर्वाचनको तयारी, अपेक्षित सहयोग र सरकारका आगामी कदमबारे जानकारी दिनेछिन्।

यसअघि बिहीबार मात्र सरकारले ११ देशका राजदूतहरूलाई फिर्ता गर्ने निर्णय गरेको थियो। जेनजी आन्दोलनपछि भदौ २७ गते पूर्वप्रधानन्यायाधीश कार्कीको नेतृत्वमा गठित अन्तरिम सरकारको मुख्य जिम्मेवारी आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न गराउनु हो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 17 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast