
काठमाडौँ- कक्षा ११ को पुराना आंशिक तथा ग्रेडवृद्धि परीक्षा नतिजा सार्वजनिक भएको छ। राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार सूचना जारी गर्दै नतिजा सार्वजनिक भएको जानकारी दिएको हो।
बोर्डका अनुसार पुराना आंशिकतर्फका ९ हजार ९३४ विद्यार्थीमध्ये ५ हजार ९१६ जना उत्तीर्ण भएका छन्। ग्रेडवृद्धितर्फ ४ हजार ९७६ जनाले परीक्षा दिएकामा ३ हजार ५४० जना उत्तीर्ण भएका छन्।
यसरी कुल १३ हजार ९१० विद्यार्थी परीक्षामा सहभागी भएकामा ९ हजार ४५६ जना उत्तीर्ण भएका छन्। २ जनाको परीक्षा भने रद्द गरिएको बोर्डले जनाएको छ।
राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट, नेपाल टेलिकमको वेबसाइटमार्फत नतिजा हेर्न सकिनेछ।
प्रकाशित: ३१ असोज २०८२ ७:४७
प्रतिक्रिया