ओली, देउवा र प्रचण्डसहित शीर्ष नेताको सम्पत्तिमाथि अनुसन्धान सुरु

हिमाल प्रेस ३१ असोज २०८२ ७:१६
40
SHARES
ओली, देउवा र प्रचण्डसहित शीर्ष नेताको सम्पत्तिमाथि अनुसन्धान सुरु

काठमाडौँ- सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले तीन पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्वमन्त्री आरजु राणा देउवा र दीपक खड्का तथा देउवाका छोरा जयवीरसिंहको सम्पत्तिमाथि अनुसन्धान सुरु गरेको छ।

सार्वजनिक पद दुरुपयोग गरी गैरकानुनी सम्पत्ति आर्जन गरेको आशंकामा विभागले उनीहरू र नातागोताका बैंक खाता, कम्पनी, लगानी र जग्गाजमिनको विवरण माग गर्दै नेपाल राष्ट्र बैंक, धितोपत्र बोर्ड, कम्पनी रजिस्ट्रार र भूमि व्यवस्थापन विभागलाई पत्राचार गरेको हो।

गत भदौ २३ र २४ मा जेनजी प्रदर्शनकारीले देउवा, दाहाल र खड्काको घरमा आगजनी गर्दा भेटिएका जलेका नोट र खरानीको फरेन्सिक परीक्षण रिपोर्ट पनि मागिएको छ। विभागले सो घटनापछि देउवा, दाहाल र खड्काको निवासमा पुगेर मुचुल्का तयार पारेको थियो।

तीन पुस्तासम्मका आफन्तको सम्पत्ति र कारोबारको पनि जाँचबुझ हुने विभागले जनाएको छ। विभिन्न निकायबाट विवरण संकलन भएपछि दोस्रो चरणमा बयान लिइने तयारी छ।

सत्ता र शक्तिमा लामो समयदेखि रहेका यी नेतामाथि सम्पत्ति शुद्धीकरणमा औपचारिक अनुसन्धान सुरु भएको यो पहिलो पटक हो। जनजी आन्दोलनपछि बनेको अन्तरिम सरकारले यसलाई अघि बढाएको हो। कान्तिपुर दैनिकबाट


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast