
काठमाडौँ- ललितपुरको जावलाखेलमा सुरु भएको गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनीलाई दोस्रो दिनसम्म १४ हजार ७ सय जनाले अवलोकन गरेका छन्। बुधबारदेखि सुरु भएको प्रदर्शनीलाई ४० हजार बढीले अवलोकन गर्ने अनुमान गरिएको छ।
आयोजक फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) ले आयोजना गरेको प्रदर्शनीको दुई दिनमा ४४ लाख बराबरको कारोबार भएको बताइएको छ। पाँच दिन सम्म सञ्चालन हुने प्रदर्शनीमा ९० वटा स्टल छन्। स्टलमा गोदावरी प्रजातिका फूल तथा बिरुवासहित ४२० भन्दा बढी प्रकारका फूल/बिरुवा राखिएका छन्।
पुष्प व्यवसाय प्रवर्द्धन तथा समयानुकूल फूलको विभिन्न प्रजातिको विकास एवं गुणस्तरीय उत्पादनमा सहयोग पुर्याउने उद्देश्यका साथ फ्यानले प्रत्येक वर्ष पुष्प मेलाको आयोजना गर्दै आएको छ। यो प्रदर्शनीको अठारौँ संस्करण हो।