झापामा करेन्ट लगाएर माछा मार्ने क्रममा एक जनाको मृत्यु

हिमाल प्रेस ३० असोज २०८२ १९:०४
10
SHARES
झापामा करेन्ट लगाएर माछा मार्ने क्रममा एक जनाको मृत्यु

भद्रपुर (झापा)- झापाको  मेचीनगर नगरपालिका-१५, निलकोठीमा माछा मार्ने क्रममा करेन्ट लाग्दा आज (बिहीबार) एक जनाको मृत्यु भएको छ।

स्थानीय ४२ वर्षीय सन्तोष लिम्बू घर नजिकै रहेको टिमाई नहर (कुलो) मा करेन्ट प्रयोग गरी माछा मार्ने क्रममा अचानक करेन्ट लागी बेहोस भएका थिए।

उनलाई उपचारका लागि मेची आम्दा अस्पताल धुलाबारी पुर्‍याइए पनि चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए।

घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय धुलाबारीबाट प्रहरी टोली खटिएको र आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। रासस

प्रकाशित: ३० असोज २०८२ १९:०४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast