निर्वाचनमा सक्रिय सहभागिता जनाउन दलहरूलाई निर्वाचन आयोगको आग्रह

हिमाल प्रेस ३० असोज २०८२ १७:३३
14
SHARES
निर्वाचनमा सक्रिय सहभागिता जनाउन दलहरूलाई निर्वाचन आयोगको आग्रह

काठमाडौँ- निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभाको निर्वाचनमा सक्रिय रूपमा सहभागी हुन राजनीतिक दलहरूलाई आग्रह गरेको छ।

बिहीबार काठमाडौँमा आगामी निर्वाचनका सन्दर्भमा राजनीतिक दलहरूसँग छलफल गर्दै आयोगले निर्वाचन घोषणा भई तयारी सुरु भएको अवस्थामा निर्वाचनको वातावरण सिर्जना गरी सक्रिय हुन दललाई आग्रह गरेको हो।

छलफलमा राजनीतिक दलका प्रतिनिधिहरुले सरकारले निष्पक्ष र भयरहितरूपमा निर्वाचन गर्ने वातावरण बनाउन नसकेको जनाएका थिए।

कांग्रेस नेता मीन विश्वकर्माले वर्तमान सरकार निर्माणका लागि गठन भए पनि निर्वाचन गर्न सरकार तत्पर नदेखिएको बताए। उनले निष्पक्षरूपमा निर्वाचन हुने वातावरण बनाउन सुझाव दिएको उल्लेख गरे। निर्वाचनमा भाग लिन सबै दलहरु तयार रहेको तर त्यसको वातावरण सरकारले बनाउनुपर्ने सबै दलको सुझाव रहेको उनको भनाइ छ।

त्यस्तै एमालेका नेता गुरु बरालले निर्वाचन गर्न निष्पक्ष, भयरहित वातावरण बनाउनुपर्नेमा सरकारले त्यस्तो वातावरण बनाउन नसकेको धारणा राखे।

माओवादी नेता देव गुरुङले तोकिएको समयमा निर्वाचन हुनुपर्ने भए पनि सरकारले निर्वाचनको वातावरण बनाउनेमा आशंका उत्पन्न भएको बताए।

सरकारले दलहरूलाई विश्वासमा लिएर निर्वाचनको वातावरण बनाउनुपर्नेमा आफूहरूको जोड रहेको उनले बताए।

छलफलमा सहभागी अन्य दलहरूले पनि निर्वाचनमा लागि सरकारले उचित वातावरण बनाउनुपर्ने सुझाव दिएका थिए। आयोगले विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने तथा गत निर्वाचनका कम्तीमा एक वडा सदस्यसम्म विजय हासिल गर्ने राजनीतिक दललाई आसन्न निर्वाचनको तयारीको छलफलमा आउन पत्राचार गरेको थियो।

जेनजी आन्दोलनपछि सुशीला कार्कीको नेतृत्वमा सरकार गठन र प्रतिनिधिसभाको विघटन भई आगामी फागुन २१ गते निर्धारित निर्वाचनको मिति घोषणा गरिएको छ।

प्रकाशित: ३० असोज २०८२ १७:३३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast