
काठमाडौँ- नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकका लागि ८ एजेन्डा तय भएका छन् । बिहीबार बिहान पार्टी कार्यालय सानेपामा बसेको कार्यसम्पादन समिति बैठकले ८ एजेन्डा तय गरेको एक पदाधिकारीले जानकारी दिए ।
कांग्रेसको एजेन्डामा जेनजी प्रदर्शन र विकसित राजनीतिक घटनाक्रम सम्बन्धमा छ भने दोस्रो एजेन्डाका रूपमा पार्टीको १५ औँ महाधिवेशन राखिएको छ । कांग्रेसमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको नेतृत्वमा मंसिरमा नियमित महाधिवेशन हुनुपर्ने र नभएमा विशेष महाधिवेशन गर्नुपर्ने भन्दै बुधबार ५१ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूको हस्ताक्षर बुझाइएको छ । डा. शेखर कोइराला नेतृत्वको इतर समूहले मंसिरमै विधि र प्रक्रिया पुर्याइ नियमित महाधिवेशन गर्नुपर्ने बताइरहेको छ ।
प्रकाशित: ३० असोज २०८२ १४:०३
प्रतिक्रिया