
काठमाडौँ- मधेश प्रदेशको मुख्यमन्त्री जितेन्द्र सोनलले पद तथा गोपनीयताको शपथ लिएका छन्। प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले उनलाई पद तथा गोपनियताका शपथ गराएकी हुन्।
जनता समाजवादी पार्टी (जसपा) नेपालसहित विभिन्न ६ दलको समर्थनमा सोनालाई प्रदेश प्रमुख भण्डारीले बुधबार नै मुख्यमन्त्रीको रूपमा नियुक्त गरेको गरेकी थिइन् । मुख्यमन्त्री सोनलले भोजपुरी भाषामा शपथ लिएका छन्।
मुख्यमन्त्रीको शपथ ग्रहणपश्चात दुई जना बिनाविभागीय मन्त्रीलाई समेत शपथ गराइएको छ। शपथ लिनेमा जनमत पार्टीबाट मन्त्री बनेका महेशप्रसाद यादव र नेकपा एकीकृत समाजवादीबाट मन्त्री बनेका कनिश पटेल रहेका छन्। मन्त्रीद्वयलाई तत्काल कुनै जिम्मेवारी तोकिएको छैन ।
जसपा नेपाल र नेकपा माओवादी केन्द्रले मन्त्रीको लागि नामावली नपठाएको तत्काल ती पार्टीबाट सरकारमा सहभागिता गराइएको छैन् ।