
काठमाडौँ- नेकपा माओवादी केन्द्रका नेता गणेश साहले पार्टी परित्याग गरेका छन्। उनी माओवादी केन्द्रको पूर्व सचिव थिए। उनले एक अन्तवार्तामार्फत आफूले माओवादी छाडेको जानकारी दिए।
उनले भनेका छन्, ‘अब म माओवादीको नेता रहिनँ, सदस्य पनि रहिनँ।’ पार्टीले एकताको सन्देश प्रवाह गर्न नसकेकाले आफूलाई माओवादीमा बस्न उचित नलागेको उनको भनाइ छ ।
प्रकाशित: ३० असोज २०८२ १०:५४
प्रतिक्रिया