
काठमाडौँ- एएफसी एसियन यू १७ महिला कप छनोटमा नेपालले तुर्कमेनिस्तानसँग अंक बाँडेको छ ।
बुधबार छनोटअन्तर्गत थाइल्यान्डको चुनबोरी रंगशालामा सम्पन्न खेलमा नेपालले तुर्कमेनिस्तानसँग गोलरहित बराबरी गरेको हो ।
बराबरीसँगै छनोटको समूह ‘एफ’मा रहेको नेपालले तालिकामा पहिलो अंक जोडेको छ । अब नेपालले दोस्रो अंकको निम्ति घरेलु टोली थाइल्यान्डसँग खेल्नेछ ।
तुर्कमेनिस्तानले भने बराबरीबाट पहिलो अंक जोडेको छ । तालिकामा घरेलु टोली थाइल्यान्ड शीर्ष स्थानमा छ ।
समूहको विजेताले आगामी वर्ष चीनमा हुने एएफसी एसियन यू–१७ महिला कप खेल्नेछ ।
प्रकाशित: ३० असोज २०८२ ७:३६
प्रतिक्रिया